Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

तृणमूलमा स्वप्नाले चिन्तित भाजपा खेमा

तृणमूल कङ्ग्रेसमा प्रवेश गरेको 24 घण्टाभित्रै स्वप्ना बर्मन डाबग्राम–फूलबारीमा पुगेपछि भाजपामाथि दबाउ बढ़ेको छ। चुनाउको माहोल बने पनि कुनै पनि दलले अहिलेसम्म उम्मेदवार घोषणा गरेको छैन। शुक्रवार कोलकाताबाट फर्किने बित्तिकै स्वप्ना बर्मनलाई एनजेपी स्टेशनबाट सिधै डाबग्राम–फूलबारी ब्लक तृणमूल पार्टी कार्यालयमा लगेर सम्मान गर्दै दलका नेता–कार्यकर्तासित परिचय गराइएको थियो। यसले तृणमूलले डाबग्राम–फूलबारीमा स्वप्नालाई उम्मेदवार बनाउन सक्ने […]
Read more

चुनाउ आयोगको शङ्का सूचीमा क्रिकेटर ऋचा

विचाराधीन मतदाता विश्वविजेता महिला क्रिकेटर ऋचा घोष! चुनाउ आयोगको सौजन्यमा पहिलो चरणको अन्तिम मतदाता सूचीबाट यस्तो चकित पार्ने तथ्य बाहिर आएको छ। यस विषयबारे भाजपा र चुनाउ आयोगमाथि आक्रमण गरेका छन् सिलगढ़ीका मेयर तथा तृणमूल कङ्ग्रेसको केन्द्रीय कमिटीका नेता गौतम देवले। महिलाप्रति आफ्नो दृष्टिकोण भाजपाले स्पष्ट पारेको तिनको भनाइ छ। यस विषयमा सीपीएम पनि सक्रिय […]
Read more

हजारौँ आदिवासी चिया श्रमिकहरूको नाम विचाराधीन सूचीमा

अन्तिम मतदाता सूचीमा उत्तर बङ्गालमा हजारौँ आदिवासी चिया मजदुरहरूको नाम विचाराधीन अवस्थामा राखिएको छ। उत्तरी क्षेत्रका मूल निवासी राजवंशी समुदायका ठूलो हिस्सा पनि यसबाट मुक्त हुन सकेनन्। हटाइएका वा विचाराधीन सूचीमा परेका व्यक्तिहरूमा अल्पसङ्ख्यक समुदायका मानिसहरू पनि छन्। यस विषयले धेरै जिल्लामा व्यापक असन्तोष फैलिएको छ। यसका विरोधमा राज्यको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेस मुखर भएको […]
Read more

सीपीएमद्वारा सिलगढ़ीमा विरोध प्रदर्शन

सोमवार दार्जीलिङ जिल्ला समितिअन्तर्गत सीपीआई(एम) ले एसआईआर प्रक्रियाको क्रममा धेरै मतदाताहरूको नाम हटाइएको विरोधमा सिलगढ़ी महकुमा अधिकारी कार्यालय अगाड़ि प्रदर्शन गरेको छ। एसआईआर प्रक्रियाबाट धेरै वैध मतदाताहरू प्रभावित बनेका सीपीएमका नेताहरूले दाबी गरेका छन्। तिनीहरूले भारतीय महिला क्रिकेट टोलीकी सदस्य ऋचा घोसको नाम पनि रिभ्युमा राखिएको उल्लेख गरे। सीपीआई (एम) का कार्यकर्ता र समर्थकहरूले एसडीओ […]
Read more

युवा साथी योजनालाई भाजपा–सीपीएमको समर्थन

यसपल्ट युवा साथी शिविरमै स्वयम् भाजपा प्रमुख देखिए। हालै सार्वजनिक भएको एक भिडियोमा यस्तो दृश्य देखिएको छ जुन जलपाइगढ़ीको सदर ब्लकअन्तर्गत खड़िया पञ्चायतको बड़तलामा आयोजना गरिएको युवा साथी शिविरको हो। उक्त शिविरमा बहादुर पञ्चायत भाजपा प्रमुख अमित दास उभिएका थिए। भिडियोमा तिनले भने, तिमीहरूकै पैसा राज्य सरकारले तिमीहरूलाई दिइरहेको छ भनेर हामी क्षेत्रका बेरोजगार युवक–युवतीहरूलाई […]
Read more

चुनाउअघि पुलिस अधिकारीहरूलाई सरुवाको आदेश

बूथ सङ्ख्या बढ्ने सम्भावना प्रबल रहेको छ। त्यसैले बिहीवार बिहारदेखि सिलगढ़ीमा थप 4780 वटा ईभीएम ल्याइएको छ। ती ईभीएमहरू मागअनुसार विभिन्न जिल्लाहरूमा पठाइएको छ। अर्कातिर चुनाउ आयोगले चुनाउका लागि सिलगढ़ीसहित दार्जीलिङ जिल्ला पुलिस अधिकारी तथा प्रशासनका अधिकारीहरूको डाटाबेस सङ्कलन गरिरहेको छ। प्रशासन सूत्रअनुसार चुनाउमा पारदर्शिता कायम राख्न आयोगले यस्तो कदम चालेको हो। यसैबीच सिलगढ़ी पुलिस […]
Read more

राजवंशी उम्मेदवारको मागमा पोष्टर

डाबग्राम–फूलबारी विधानसभा क्षेत्रमा उम्मेदवार बन्ने प्रतिस्पर्धामा भाजपा विभिन्न गुटमा विभाजित भएको छ। राजवंशी अनुहारलाई उम्मेदवार बनाउने माग गर्दै क्षेत्रमा हृदय भाजपा लेखिएको ब्यानरमा थुप्रै पोष्टर टाँसिएका छन्। यसले भाजपाभित्र रहेको गुटबन्दीलाई सार्वजनिक बनाएको छ। पार्टीको यस आन्तरिक विवादका कारण वर्तमान विधायक शिखा च्याटर्जी दबाउमा परेकी छन्। स्थिति नियन्त्रण गर्न तिनले पोष्टरको यस घटनालाई तृणमूलको षड़यन्त्र […]
Read more

गौड़ र मालियन दिगीका माछा बेचेर राजस्व उठाउने सङ्केत

हरिरामपुर ब्लकको गौड़ र मालियन दिगीमा अवैध रूपमा माछा पालन भइरहेको आरोप पाएपछि प्रशासन सतर्क भएको छ। राजस्व छल्दै यति ठूला यी दुई दिगीमा कसको संरक्षणमा माछा पालन भइरहेको छ र प्रशासनले किन कदम चालिरहेको छैन? यसअघि नै कङ्ग्रेस नेताहरूले प्रश्न उठाएका थिए। बुधवार हरिरामपुर ब्लक भूमि सुधार कार्यालयमा कङ्ग्रेसका कार्यकर्ताहरूले ज्ञापनपत्र बुझाए। यी दुई […]
Read more

मिरिक क्षेत्रका तीन समष्टि प्रतिनिधिहरूको सहभागितामा चुनाउ सभा

आगामी विधानसभा चुनाउलाई ध्यान राख्दै मिरिक महकुमाअन्तर्गत इण्डियन गोर्खा जनशक्ति फ्रण्टको एक महत्त्वपूर्ण चुनाउ सभा सम्पन्न भएको छ। उक्त सभामा मिरिक क्षेत्रका 23, 24 अनि 25 नम्बर समष्टिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा पार्टीका केन्द्रीय सदस्यहरू प्रशान्त लामा र रोजेस थापा साथै श्रमिक सङ्गठनका केन्द्रीय उपाध्यक्ष अनिल रानाको विशेष उपस्थिति रहेको थियो।सभामा सङ्गठनलाई प्रत्येक […]
Read more

सिलगढ़ीमा माध्यमिक परीक्षा शान्तिपूर्ण

पश्चिम बङ्गालभरि सोमवारदेखि माध्यमिक परीक्षा आरम्भ भएको छ। सिलगढ़ीका विभिन्न परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण रूपमा प्रक्रिया आरम्भ भयो। परीक्षार्थीहरू बिहानैदेखि तोकिएका निर्देशिका पालना गर्दै परीक्षामा सहभागी भए।कानून–व्यवस्था कायम राख्न सबै परीक्षा केन्द्रहरूमा पुलिस तैनाथ गरिएको थियो। परीक्षार्थीहरूलाई केन्द्रसम्म पुग्न कुनै कठिनाइ नहोस् भनी बिहान 8 बजीदेखि शहरका विभिन्न ट्राफिक बिन्दुहरूमा ट्राफिक पुलिस तैनाथ गरिएको थियो। केही […]
Read more
1 2 3 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.