Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

दिनहाटामा तृणमूल समर्थकको कुटेर हत्याको आरोप

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

चुनाउपछिको हिंसामा दिनहाटाको सिताई क्षेत्रमा एक व्यक्तिको मृत्यु भएको छ। यस घटनाले गाउँभरि त्रास फैलिएको छ। मृतक प्रौढ़ तृणमूल समर्थकको रूपमा चिनिन्थे। मृतकको नाम मुन्नाफ मियाँ (55) हो। तिनी सिताई विधानसभाको 537 सिङ्गीमारीका वासिन्दा थिए। उता तूफानगञ्जमा एक भाजपा नेता आक्रमणमा परेका छन्। कोचबिहारका पुलिस सुपर यशप्रीत सिंहले भने, विभिन्न घटनामा अहिलेसम्म 200 जनालाई पक्राउ गरिएको छ। जसले कानून–व्यवस्था भङ्ग गर्नेछ तिनीहरूविरुद्ध कठोर कारवाही गरिनेछ। मङ्गलवार साँझ 537 सिङ्गीमारी क्षेत्रमा एक समूह सशस्त्र दुष्कृतिहरूले आक्रमण गरे। घरहरूमा तोड़फोड़ गर्नुका साथै केही घरमा आगजनी समेत गरियो। त्यसपछि क्षेत्रका मानिसहरू विरोध गर्न अघि आए। तीमध्ये मुन्नाफ पनि थिए। दुष्कृतिहरूले तिनको टाउकोमा धारिलो हतियारले प्रहार गरे। रक्ताम्य अवस्थामा तिनी भुइँमा ढले। परिवारका सदस्यहरूले पहिले तिनलाई गोसानीमारी ब्लक स्वास्थ्य केन्द्रमा लगे। त्यसपछि त्यहाँबाट दिनहाटा महकुमा अस्पताल लगियो। पछि तिनलाई कोचबिहारको एउटा नर्सिङ होममा भर्ना गरियो जहाँ राति तिनको मृत्यु भयो।
मृतकका छोरा फैयजर अलीले भने, मङ्गलवार साँझ हाम्रो गाउँमा अचानक दुष्कृतिहरूको एक समूहले आक्रमण गरी घरहरू तोड़फोड़ गर्न थाले। केही घरमा आगो पनि लगाइयो। सबैजना आतङ्कित भए। त्यसपछि हामी सबै मिलेर विरोध गर्न निस्कियौँ। दुष्कृतिहरूमध्ये एकजनाले बाबाको टाउकोमा धारिलो हतियारले प्रहार गऱ्यो। कोचबिहारको एक नर्सिङ होममा राति लगभग 10.45 बजी बाबाको मृत्यु भयो। बाबा तृणमूल समर्थक थिए। दुष्कृतिहरूले मलाई पनि मार्ने धम्की दिए।
चुनाउ परिणाम घोषणा भएपछि गोबराछरा, शालमारा, साहेबगञ्ज, निगम नगर लगायत विभिन्न क्षेत्रमा तृणमूलका नेता–कार्यकर्ताका घरहरूमा आक्रमण भएको आरोप लागेको छ। घर तोड़फोड़, आगजनी र कुटपिटका घटनाहरू भइरहेका छन्। कोही कुनै झमेलामा नफसून् भनेर गाउँ–गाउँमा माइकिङ गरेर प्रशासनले प्रचार गरिरहेको छ। त्यसपछि पनि केही झड़पका खबर आइरहेका छन्। चुनाउपछिको अवस्थाबारे बुधवार जिल्ला अधिकारी र पुलिस सुपरले पत्रकार सम्मेलन गरे। जिल्लाका मानिसहरूलाई आश्वस्त पार्दै जिल्ला अधिकारी जितिन यादवले भने, कतै कसैले गड़बड़ी गरे कठोर कदम चालिनेछ।
उता सिताईका भाजपा नेता दीपक रायले भने, 2021 को चुनाउपछि तृणमूलका मानिसहरूले विधानसभाभरि ताण्डव मच्चाएका थिए। क्षेत्रका मानिसहरूलाई त्यो सबै थाहा छ। सत्ता गुमाएपछि तृणमूलका मानिसहरू पागलझैँ भएका छन्, त्यसैले गड़बड़ी सिर्जना गरेर भाजपामाथि आरोप लगाइरहेका छन्। पुलिस सतर्क छ र हामीले कठोर कारवाहीको माग गरेका छौँ। यद्यपि कोचबिहारका तृणमूल सांसद जगदीशचन्द्र बसुनियाले कुनै प्रतिक्रिया दिन चाहेनन्।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.