Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सिक्किममा ‘स्वच्छता ही सेवा २०२६’ अभियानको शुभारम्भ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

रिज पार्कमा बिहीबार ‘स्वच्छता ही सेवा २०२६’ अभियानको शुभारम्भ गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसको अवसर पारेर सुरु गरिएको यो राष्ट्रव्यापी अभियान आगामी २ अक्टोबर अर्थात् महात्मा गान्धी जयन्तीसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिका रूपमा उपस्थित थिए भने मुख्यमन्त्री प्रेमसिंह तामाङको पनि उपस्थिति रहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसको अवसरमा दीप प्रज्वलन गर्दै उनको सुस्वास्थ्य तथा दीर्घायुको कामना गरिएको थियो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुरले उपस्थित सबैलाई सिक्किमलाई स्वच्छ र सुन्दर बनाउने संकल्पसहित स्वच्छता शपथ गराएका थिए। कार्यक्रममा राज्य सरकारका मन्त्री, विधायक, मुख्य सचिव, वरिष्ठ प्रशासनिक अधिकारी तथा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो।
यस अवसरमा सहरी विकास विभागअन्तर्गत उत्कृष्ट कार्य गर्दै आएका विभिन्न स्वयं सहायता समूहलाई आर्थिक सहयोगका चेक हस्तान्तरण गरिएको थियो। त्यस्तै, ग्रामीण विकास विभागद्वारा मोबाइल ट्रीटमेन्ट युनिट सञ्चालनका लागि तयार पारिएको मानक सञ्चालन प्रक्रिया अर्थात् SOP मार्गदर्शिका पनि विमोचन गरिएको थियो।
राज्यको फोहोर व्यवस्थापन तथा स्वच्छता प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले १७ वटा सवारीसाधनलाई हरियो झण्डा देखाएर सञ्चालनमा ल्याइएको छ।
यसैगरी, लोकभवन सिक्किमको पहल तथा भारतीय स्टेट बैंकको सामाजिक सहयोगमा सोरेंग प्राथमिक स्वास्थ्य केन्द्र र पीएम श्री कस्तुरबा गान्धी बालिका विद्यालयका लागि दुईवटा एम्बुलेन्स पनि सञ्चालनमा ल्याइएको छ।
सिक्किमलाई स्वच्छ, स्वस्थ तथा आत्मनिर्भर राज्य बनाउने लक्ष्यसहित कार्यक्रम सम्पन्न भएको बताइएको छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.