वेलफेयर सोसाइटी (DWS) तथा राज्यसभा सांसद हर्षवर्द्धन श्रृंगलाको पहलमा दार्जीलिङ हिल ट्रक ड्राइभर एसोसिएशनका चालक र प्रिन्ट तथा इलेक्ट्रोनिक मिडियामा कार्यरत पत्रकारहरूका लागि निःशुल्क दुर्घटना बीमा सुविधा उपलब्ध गराइएको छ। घूमस्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा लाभार्थीहरूलाई बीमा योजनाका कागजात सांसद श्रृंगलाले हस्तान्तरण गरे। सो अवसरमा उनले युवाहरूका लागि आईएएस, यूपीएससी, अग्निवीर तथा एनडीए प्रवेश परीक्षाको निःशुल्क प्रशिक्षण उपलब्ध गराउने योजना पनि घोषणा गरे।

