तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण छिमेकी राष्ट नेपालको भोटेकोशी नदी आसपासका क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका धेरै मानिसहरु तथा त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
बाढीको पूर्वसूचना पाएपछि नदी आसपासका स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको जनाइएको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि क्षतिको विस्तृत विवरण संकलन भइरहेको तथा राहत एव बचाउ कार्यमा शुरु गरिसकेको प्रशासनले जनाएको छ।
बाढीका कारण त्रिशूली तथा देवीघाट क्षेत्र प्रभावित बनेका छन्। साथै, जलविद्युत् आयोजनासहित अन्य भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ।
भोटेकोशीको बहावसँगै त्रिशूली नदीको जलस्तरसमेत बढ्न सक्ने भएकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको नेपाली सन्चार माध्यमहरु जनाएको छ।



