Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

दार्जीलिङ बिजनबारी ग्रामीण अस्पताल स्तरोन्नति र ‘नोटिफाइड एरिया’ मागमा पहलप्रति गोरामुमोद्वारा मन्त्री विशाल लामाप्रति आभार

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

बिजनबारी ग्रामीण अस्पताललाई स्तरोन्नति गर्न तथा बिजनबारी ग्राम पञ्चायतलाई ‘नोटिफाइड एरिया’ मा परिणत गर्नुपर्ने मागलाई लिएर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)द्वारा गृह एवं पहाड मामिला राज्यमन्त्री विशाल लामालाई बुझाइएको ज्ञापनमाथि पहल अघि बढाइएको भन्दै गोरामुमोले मन्त्रीप्रति आभार व्यक्त गरेको छ।यस सम्बन्धमा गोरामुमो नेता सन्दीप लिम्बुले भिडियो सन्देश जारी गर्दै मन्त्री विशाल लामाप्रति धन्यवाद तथा आभार प्रकट गरेका हुन्। उनले बिजनबारी क्षेत्रका महत्वपूर्ण जनसरोकारका विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल अघि बढाएकोमा मन्त्री लामाको प्रशंसा गरेका छन्। गोरामुमोले बिजनबारी ग्रामीण अस्पतालको स्तरोन्नतिसँगै स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार आउने तथा बिजनबारी ग्राम पञ्चायतलाई ‘नोटिफाइड एरिया’ मा स्तरोन्नति गरिएमा क्षेत्रको प्रशासनिक विकासमा थप सहजता आउने अपेक्षा व्यक्त गरेको छ। नेता लिम्बुले जनताको मागलाई सम्बन्धित निकायसम्म पुर्‍याउने र त्यसको कार्यान्वयनका लागि निरन्तर पहल गरिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.