Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

नदीमा डेबुका किशोरको शव उद्धार

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

मृत किशोरको नाम अरूप दास (15) हो। तिनी मालदा शहरको बुडाबुड़ीतला उपर बगान क्षेत्रका वासिन्दा थिए। घटना मालदाको सादुल्लापुर नदीघाटमा भएको हो। खबर पाएपछि पुलिस घटनास्थलमा पुगेको थियो। तिनीहरूले शव उद्धार गरी स्थानीय अस्पतालमा लगे जहाँ चिकित्सकले अरूपलाई मृत घोषित गरे। सूत्रअनुसार, अरूप मालदा टाउन हाई स्कूलका दशौँ कक्षाका विद्यार्थी थिए। तिनी आइतवार दिउँसो केही साथीहरूसित सादुल्लापुर घाटमा नुहाउन गएका थिए। भगीरथी नदीमा झर्ने बित्तिकै पानीको बहाउले तिनलाई बगायो। अरूप बगिरहेको देखेर पहिले तिनका साथीहरूले नै तिनलाई उद्धार गर्ने प्रयास गरे तर सफल भएनन्। त्यसपछि अरूप डुबेर हराए।
खबर पाएपछि स्थानीय वासिन्दाहरू घटनास्थलमा पुगे। तिनीहरूले पनि नदीमा झरेर खोजी गरे तर अरूपको कुनै पत्तो लागेन। त्यसपछि पुलिसलाई खबर दिइयो। पुलिस र सिभिल डिफेन्सका कर्मचारीहरू घटनास्थलमा पुगेर लामो समयसम्म नदीमा खोजी गरे। गोताखोरसमेत उतारिएको थियो। तर आइतवार साँझसम्म पनि अरूपको कुनै अत्तोपत्तो लागेन।
त्यसपछि सोमवार बिहानदेखि पुनः सिभिल डिफेन्सका कर्मचारीहरू उद्धार कार्यमा लागे। अन्ततः अरूपको खोजी लाग्यो। सादुल्लापुर नदीघाटबाट विद्यालयका विद्यार्थी अरूपको निष्प्राण शव उद्धार गरियो। पुलिसले घटनाको जाँच आरम्भ गरेको छ। केवल पानीमा डुबेर नै अरूपको मृत्यु भएको हो वा अन्य कुनै कारण छ कि भन्ने विषयमा पुलिसले जाँच गरिरहेको छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.