Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

घोषपुकुरमा सरकारी बस र ट्रकबीच भीषण ठक्कर

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

शुक्रवार सखारै बिहान सिलगढ़ीको घोषपुकुर मोड़नजिक क्षेत्रमा भयावह सड़क दुर्घटना भएको छ। उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) को यात्री बोकेको एउटा बस इस्लामपुरदेखि सिलगढ़ीतर्फ आइरहेको थियो। सोही समयमा घोषपुकुर मोड़नजिक एउटा ट्रकसित बसको मुखामुखी ठक्कर भयो। दुर्घटना यति प्रभावशाली थियो कि बस र ट्रक दुवै पूर्ण रूपले क्षतिग्रस्त भएका छन्।
यस घटनामा लगभग 25 जना बस यात्रीहरू घाइते भएका छन्। दुर्घटनाको खबर पाउन साथ घोषपुकुर पुलिस चौकी तत्काल घटनास्थलमा पुगेको थियो। स्थानीय वासिन्दाको सहयोगमा घाइतेहरूलाई उद्धार गरी पहिले फाँसीदेवा ग्रामीण अस्पताल लगियो। त्यहाँ प्रारम्भिक उपचारपछि ट्रकका चालक, सहचालक र थप एक यात्रीको स्वास्थ्य अवस्था बिग्रँदा तिनीहरूलाई उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाइएको छ।
बसका एक यात्रीले बताएअनुसार, ट्रक अचानक बसको अगाड़ि आएर मोड़ लिन खोज्दा चालकले नियन्त्रण गुमाए र यो दुर्घटना भयो। दुर्घटनाका कारण 27 नम्बर राष्ट्रिय राजमार्गमा लामो समयसम्म वाहनहरूको आवागमन अवरुद्ध भयो र ठूलो ट्राफिक जाम सिर्जना भयो। पुलिसले क्रेन ल्याएर दुर्घटनाग्रस्त बस र ट्रकलाई सड़कबाट हटाई वाहनहरूको आवागमन सामान्य बनायो। पुलिसले घटनाको पूर्ण जाँच आरम्भ गरेको छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.