Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मिड–डे मिलमा विसङ्गति

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

बालकबालिकाको पोषणलाई ध्यानमा राख्दै मिड–डे मिलमा सामान्य खानासितै हप्तामा अतिरिक्त एउटा अण्डा वा मौसमी फल दिने राज्य शिक्षा विभागले निर्देशन दिएको थियो। निर्देशनअनुसार मिड–डे मिलअन्तर्गत प्रत्येक विद्यार्थीलाई 12 वटा अण्डा वा मौसमी फल दिन भनिएको थियो। यसका लागि प्रति विद्यार्थी थप 8 रुपियाँ छुट्याइएको थियो। अर्थात् 12 वटा अण्डा वा फलका लागि प्रति विद्यार्थी 96 रुपियाँ छुट्याइएको थियो। सबै मिलाएर 31 मार्चभित्र बालक-बालिकालाई यो अतिरिक्त खाना वितरण पूरा गर्न भनिएको थियो। त्यसअनुसार राज्यमा मिड–डे मिलअन्तर्गत रहेका 81 लाख 19 हजार 415 जना विद्यार्थीहरूका लागि मोठ 77 करोड़ 94 लाख 64 हजार रुपियाँ छुट्याइएको थियो। 9 फरवरी जारी गरिएको उक्त निर्देशनको एक महीना बितिसकेको छ। कोचबिहार जिल्लाका विद्यालयहरूमा उक्त निर्देशन कार्यान्वयन त परै जावोस् अहिलेसम्म कुनै कार्य समेत गरिएको छैन। यसले गर्दा बालक-बालिकाहरू पोषणबाट वञ्चित भइरहेका छन्।
घटनाको जानकारी सार्वजनिक भएपछि शिक्षक सङ्गठनहरूले यस विषयमा असन्तोष व्यक्त गरेका छन्। के राज्य सरकारले वास्तवमै उक्त निर्देशन कार्यान्वयन गर्न चाहन्छ वा यो सबै केवल चुनाउ गिमिक मात्र हो? किन कार्यान्वयन गर्न सकिएन? तिनीहरूमध्ये धेरैको प्रश्न छ। अतिरिक्त जिल्ला अधिकारी जमिल फातिमा जेबाले भनिन्, चाँड़ै नै यो आरम्भ हुनेछ। तर अहिले हातमा केवल दुई–तीन हप्ता मात्र समय बाँकी छ। यस अवधिमा शिक्षा विभागको निर्देशनअनुसार यो प्रक्रिया कसरी सही रूपमा कार्यान्वयन गर्न सम्भव हुन्छ? यस विषयमा अतिरिक्त जिल्ला अधिकारीले कुनै स्पष्ट जवाब दिन सकिनन्।
पश्चिम बङ्ग शिक्षक समितिका कोचबिहार जिल्ला महासचिव सञ्जय सरकारले भने, शिक्षा विभागबाट निर्देशन पठाइएपछि पनि त्यसको कार्यान्वयन नभएकाले विद्यार्थीहरू वञ्चित भए। अहिले बाँकी रहेको समयले हेर्दा यो सम्पूर्ण प्रक्रिया सही रूपमा पूरा गर्न सम्भव देखिँदैन। यो वास्तवमा चुनाउ गिमिक मात्र हो। माध्यमिक शिक्षक तथा शिक्षाकर्मी समितिका सचिव सुरजित पण्डितले भने, यो कुनै पनि स्थितिमा स्वीकार्य छैन। यसले बालक-बालिका वञ्चित भएका छन्। प्रशासनिक उदासीनता र ढिलासुस्ती नै यसको मुख्य कारण हो। प्रशासन र शिक्षा विभागका सूत्रअनुसार, पूर्व–प्राथमिकदेखि कक्षा आठसम्मका विद्यार्थीहरू मिड–डे मिलअन्तर्गत पर्दछन्। कोचबिहार जिल्लामा यस्तो विद्यार्थी सङ्ख्या 3 लाख 88 हजार छ। यसका लागि रकम पनि छुट्याइएको छ। यस विषयमा पश्चिम बङ्ग तृणमूल माध्यमिक शिक्षक समितिका जिल्ला अध्यक्ष मानस भट्टाचार्यले भने, जब शिक्षा विभागको निर्देशन थियो त्यसलाई पालना गर्नु आवश्यक हो। यदि कार्यान्वयन भएको छैन भने त्यो निश्चित रूपमा दुर्भाग्यपूर्ण हो। यस्तो हुनु कुनै पनि स्थितिमा उचित होइन।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.