Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मिरिक पुलिसद्वारा ड्रग्ससित संलग्न व्यक्तिहरू पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मिरिक पुलिसले मिरिक थाना अधीनस्थ विभिन्न क्षेत्रमा नयाँ वर्षअघि ड्रग्स विरोधी अभियान चलाएर बितेको तीन-चार दिनमा ड्रग्ससित संलग्न 26 जनालाई पक्राउ गरेर अघिल्लो कारवाहीका लागि न्यायालय पठाएको छ। मिरिक महकुमाका एसडीपीओ विनोद कुमार मीनाले यसबारे जानकारी गराँउदै मिरिक पुलिसले 2025 भित्र मिरिकलाई ड्रग्समुक्त बनाउन छापा अनि सचेतना कार्यक्रम गरेको कारण मिरिकमा ड्रग्स सेवन र ओसार पोसारमा धेरै कमी आएको बताए।
तिनले एसपी प्रवीण प्रकाश, एडिशनल एसपी खरसाङ अभिषेक रे-को कुशल नेतृत्वमा दार्जीलिङ पुलिसले विशेष ड्रग्स विरोधी अभियान चलाएको जानकारी गराए। मिरिक पुलिसले पनि मिरिक थाना क्षेत्रमा लामो समयदेखि ड्रग्स विरोधी अभियान चलाएको अनि यस अभियानमा मिरिक पुलिसलाई धेरै सफलता प्राप्त भएको तिनले बताए। तिनले मिरिकमा धेरैजस्तो ड्रग्स डिलर अथवा विक्रेताहरू भन्दा उपभोक्ताहरू ज्यादा रहेको अनि तिनीहरूलाई पक्राउ गर्ने कार्य पुलिसले गरिसकेको जनाए। पक्राउ परेका कतिपयलाई सुधार केन्द्रमा पनि पठाइएको तिनले थप बताए।
मिरिक पुलिसले मिरिकवासीलाई कानूनी सहयोग गर्ने कार्य निरन्तर चलाइरहेको जानकारी गराँउदै मिरिक पर्यटन केन्द्रमा नयाँ वर्षको अवसरमा धेरै पर्यटकहरू आउने हुनाले यातायात, ट्राफिक अनि पार्किङ व्यवस्था सही गर्न मिरिक पुलिसले सक्रिय कार्य गरिरहेको तिनले बताए। तिनले सबैलाई शान्ति शृङ्खला कायम राखेर नयाँ वर्षलाई स्वागत गर्ने अनुरोध गरे। यस अवसरमा मिरिक थानाका आईसी नयन चक्रवर्ती अनि मिरिक थाना प्रभारी सुदीप कुमार विश्वास पनि उपस्थित थिए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.