Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एनजेपी–फूलबारीमा बस्ती विकास समितिको धर्ना प्रदर्शन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

आवास, जीविका र विकासको माग गर्दै एनजेपी–फूलबारी क्षेत्रमा पश्चिम बङ्ग बस्ती विकास समितिले धर्ना प्रदर्शन कार्यक्रम आयोजना गर्यो । एनजेपी–फूलबारी क्षेत्र समितिको पहलमा उक्त कार्यक्रम एनजेपी एडीआरएम कार्यालयअघि सम्पन्न गरिएको थियो। धर्ना प्रदर्शनसितै एक पथ सभा पनि आयोजना गरिएको थियो।
प्रदर्शन कार्यक्रममा आन्दोलनकारीहरूले रेलको प्रयोगविहीन जमीनमा बसोवास गरिरहेका बस्तीका वासिन्दाहरूलाई उचित क्षतिपूर्ति नदिई गरिने विस्थापन तत्काल रोक्न माग गरे। साथै लामो समयदेखि बसोवास गरिरहेका बस्तीका मानिस तथा व्यवसायीहरूका लागि पट्टा र लिजको व्यवस्था गर्नुपर्ने तथा सिलगढ़ी नगर निगमअन्तर्गत बस्ती क्षेत्रमा बसोवास गर्ने वासिन्दा र व्यवसायीहरूलाई होल्डिङ नम्बर उपलब्ध गराउनुपर्ने पनि तिनीहरूले माग गरे।
कार्यक्रममा पश्चिम बङ्ग बस्ती विकास समितिका जिल्ला अध्यक्ष दिलीप सिंह उपस्थित थिए। आफ्नो सम्बोधनमा दिलीप सिंहले केन्द्र र राज्य सरकारले मिलेर रेलको जमीनमा बसोवास गरिरहेका गरीब मानिसहरूलाई विस्थापन गर्ने षड़यन्त्र गरिरहेको आरोप लगाए। दिलीप सिंहले भने, तृणमूल कङ्ग्रेस सार्वजनिक रूपमा बस्तीका वासिन्दाहरूको साथमा रहेको बताउँछ तर व्यवहारमा तृणमूल तिनीहरूको साथमा छैनन्। विस्थापनको मामिलामा सर्वसाधारणको हित पूर्ण रूपमा उपेक्षित भइरहेको छ। चेताउनी दिँदै तिनले थप भने, मागहरू पूरा नगरी बस्तीका वासिन्दाहरूलाई विस्थापित गरिए पश्चिम बङ्ग बस्ती विकास समितिले व्यापक आन्दोलनको बाटो अपनाउनेछ। आवश्यक परे सड़कमा बसेर पनि आन्दोलन जारी राखिने तिनले स्पष्ट पारे।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.