Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

क्रिसमस–नयाँ वर्षअघि डुवर्समा पर्यटकहरूको चहलपहल

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

दुर्गा पूजापछि डुवर्सका जङ्गल क्षेत्रमा खासै भीड़ देखिएको थिएन। त्यसपछि नोभेम्बरको आरम्भसितै एसआईआर प्रक्रिया आरम्भ भयो। घरमै बीएलओ आएर फर्किएपछि नाम मतदाता सूचीमा नपर्न सक्ने आशङ्काले धेरै मानिस घरबाट बाहिर निस्किएनन्। त्यससितै राज्यका विभिन्न विद्यालयहरूमा वार्षिक परीक्षा पनि आरम्भ भयो। यी सबै कारणले डुवर्सको पर्यटन व्यवसाय सुस्त अवस्थामा थियो। तर क्रमशः सबै समस्या समाधान हुँदै गए अनि एसआईआरको फारम बुझाउने चरण सम्पन्न भइसकेको छ। विद्यालयमा परीक्षा पनि अन्तिम चरणमा पुगेको छ। यी सबै कारणले गर्दा अब डुवर्सका जङ्गल क्षेत्रमा पर्यटकहरूको भीड़ बढ्न थालेको छ। लाटागुड़ी जङ्गल सफारी, गोरुमारा वाचटावरलगायत महत्त्वपूर्ण पर्यटन केन्द्रहरूमा भीड़ देखिन थालेको छ। होटल, रिसोर्ट र होम–स्टेहरूमा पनि बुकिङ बढ्दै गइरहेको छ। सुस्तीको चरण पार गरेर डुवर्सको पर्यटन फेरि लयमा फर्किने व्यवसायीहरूको आशा छ।
पर्यटकहरूको सुविधालाई ध्यानमा राख्दै टुरिस्ट इन्फर्मेसन सेण्टर तयार गरिएको छ। लाटागुड़ी रिसोर्ट ओनर्स एसोसिएशनका सचिव दिव्येन्दु देवले भने, क्रिसमस र नयाँ वर्षको आरम्भिक दिनहरूमा अधिकांश रिसोर्टहरू पूर्ण रूपले बुक हुने भएकाले धेरै पर्यटकहरू होटल बुकिङ वा जङ्गल भ्रमणको टिकट नपाएर निराश भएर फर्किनुपर्ने अवस्था आएको थियो। त्यसैले यसपल्ट पर्यटकहरूको सुविधाका लागि टुरिस्ट इन्फर्मेसन सेण्टर सञ्चालन गरिँदैछ। पर्यटकहरूको बुकिङ वा भ्रमणका क्रममा कुनै समस्या नआओस् भनेर विशेष ध्यान दिइनेछ। लाटागुड़ीमा कति भीड़ छ त? लाटागुड़ीका अर्का पर्यटन व्यवसायी अनुप गोपले भने, क्रिसमसदेखि अङ्ग्रेजी नयाँ वर्षको पहिलो सातासम्म अधिकांश रिसोर्टहरूमा लगभग 80 प्रतिशत बुकिङ पूरा भइसकेको छ। जनवरीको पहिलो सातासम्म यो भीड़ कायम रहने अपेक्षा गरिएको छ।
यसपल्ट पर्यटकहरूका लागि विशेष आकर्षण एसियन फोक फेस्ट रहनेछ। लाटागुड़ी घुम्न आउने पर्यटकहरूलाई लक्षित गर्दै आगामी 25 देखि 27 दिसम्बरसम्म एसियन फोक फेस्टको आयोजना गरिएको छ। डुवर्ससहित उत्तर बङ्गालका विभिन्न स्थानका कलाकारहरूले यस फेस्टमा सहभागिता जनाउनेछन्। फोक फेस्टका प्रमुख आयोजक मितु मुखोपाध्यायले भने, यो वर्ष फेस्ट तेस्रो वर्षमा प्रवेश गर्दैछ। लाटागुड़ी र गोरुमाराका जङ्गल सफारीमा कार्यरत गाइडहरू कमल राय, निरु छेत्री, सुब्रत पाइका, धिरेन कोरा र सुसान्त रायले हालै गोरुमाराको वाचटावरसहित जङ्गल सफारीमा पर्यटकहरूको भीड़ आरम्भ भएको जानकारी दिए। आगामी केही दिन यो भीड़ कायम रहनेछ। क्रिसमस नजिक आउँदा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि चहलपहल बढ्ने तिनीहरू आशावादी छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.