Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पैह्रोमा बाबा-आमा गुमाउने कुञ्जुलाई सहयोग प्रदान

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

गत अक्टोबर महीनामा गएको विनाशकारी पैह्रोको चपेटमा परेर मिरिक बस्ती जसबीर गाँउमा दुईजनाको ज्यान गएको थियो। पैह्रोमा बाबा-आमा गुमाउने छोरी कुञ्जु डुक्पालाई बुधवार उत्कर्ष बङ्गला पश्चिम बङ्गाल सोसाइटी फर स्कील डेभलपमेण्टद्वारा पचास हजार रुपियाँको चेक प्रदान गरिएको छ। मिरिक खण्ड विकास कार्यालयमा पश्चिम बङ्गाल सोसाइटी फर स्कील डेभलपमेण्टका कोषाध्यक्ष पी ब्यानर्जी, सचिव समीम वैद्य, बीएलएस अनुराधा तामाङ, मिरिक नारी सेवा समितिका अध्यक्ष मीना सुब्बा, सदस्य रेश्मी राई आदिको उपस्थितिमा उक्त पचास हजार रुपियाँको चेक प्रदान गरिएको हो। मिरिक खण्ड विकास अधिकारी देवतम सरकारले कुञ्जु डुक्पालाई प्रदान गरेका हुन्।
यस अवसरमा बोल्दै मिरिक खण्ड विकास अधिकारी देवतम सरकारले भने, पैह्रोमा ज्यान गुमाउने महिलाले मिरिक नारी सेवा समिति भवनमा उत्कर्ष बङ्गला पश्चिम बङ्गाल सोसाइटी फर स्कील डेभलपमेण्टबाट प्रशिक्षण लिइरहेकी थिई। प्रशिक्षणको क्रममा तिनको पैह्रोमा ज्यान गयो। यसकारण तिनकी छोरीको पढ़ाई लेखाईका लागि उत्कर्ष बङ्गला पश्चिम बङ्गाल सोसाइटी फर स्कील डेभलपमेण्टबाट पचास हजार रुपियाँ सहयोग स्वरूप प्रदान गरिएको हो।
पश्चिम बङ्गाल सोसाइटी फर स्कील डेभलपमेण्टका कोषाध्यक्ष पी ब्यानर्जीले भने, मिरिक नारी सेवा समितिसित आबद्ध भएर हामीले नारी भवनमा विभिन्न प्रशिक्षणहरू प्रदान गरिरहेका छौँ। यस्तैमा एक प्रशिक्षणार्थीको पैह्रोमा ज्यान गयो। त्यसकारण तिनकी छोरीलाई पचास हजार क्षतिपूर्ति स्वरूप प्रदान गरिएको हो। यता मिरिक नारी सेवा समितिका अध्यक्ष मीना सुब्बा अनि बीएलएस अनुराधा तामाङले पैह्रोमा बाबा आमा गुमाउने छोरी कुञ्जु डुक्पालाई बुधवार उत्कर्ष बङ्गला पश्चिम बङ्गाल सोसाइटी फर स्कील डेभलपमेण्टद्वारा सहयोग प्रदान गरेको कार्यप्रति आभार प्रकट गरिन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.