Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

नक्सलबारीमा ब्राउन सुगरसहित दुई पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

नक्सलबारी एशियन हाईवे–2 मा मादक पदार्थ वितरणको योजना पुलिसले असफल बनाएको छ। 124 ग्राम ब्राउन सुगरसहित 2 मादक पदार्थ कारोबारीहरू पुलिसको जालमा परे। प्राप्त जानकारीअनुसार अबेर राति नक्सलबारीको रथखोलानजिक एउटा होटलको छेउको सुनसान क्षेत्रमा मादक पदार्थ वितरण गर्ने योजना बनाइएको थियो। गुप्त सूचनाका आधारमा नक्सलबारी थानाको सादा पोसाकधारी पुलिसले अभियान चलाएर दुई युवकहरूलाई नियन्त्रणमा लियो। युवकहरूको तलासी गर्दा 124 ग्राम ब्राउन सुगर फेला पऱ्यो अनि त्यसपछि तिनीहरूलाई पक्राउ गरिएको बताइएको छ।
पक्राउ परेका व्यक्तिहरू क्रमशः पानी ट्याङ्कीको दूध गेटका वासिन्दा माधव छेत्री अनि नक्सलबारीको दयराम जोतका वासिन्दा अजय मण्डल हुन्।
पुलिस सूत्रअनुसार माधव छेत्री मोटर साइकलमा अजय मण्डललाई ब्राउन सुगर बिक्री गर्ने उद्देश्यमा जाँदै थिए। दुवैजना लामो समयदेखि यस अवैध कारोबारमा संलग्न रहेका बताइएको छ। पक्राउ परेकाहरूलाई सोमवार सिलगढ़ी महकुमा न्यायालयमा पठाइएको छ। यस व्यवसायमा अरू को–को संलग्न छन् भनेर नक्सलबारी थाना पुलिसले छानबिन आरम्भ गरेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.