Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एनजेपी कार्यको निरीक्षणमा सांसद राजु विष्ट

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

जारी आधुनिकीकरण र विकास सम्बन्धी कार्यको प्रगति निरीक्षण गर्न शुक्रवार दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्ट एनजेपी स्टेशन पुगे। स्टेशन परिसरमा आएर तिनले पूर्व रेलवेका शीर्ष अधिकारीहरूसित एक उच्चस्तरीय बैठकमा सहभागिता जनाए। निरीक्षणको क्रममा सांसदले स्टेशनमा यात्री सुविधाको विस्तार, नयाँ प्लेटफर्म निर्माण कार्य, ट्र्याक तथा गेट मरम्मती, यात्री सुरक्षा सम्बन्धी व्यवस्था र आधुनिक सेवा सम्बन्धी विभिन्न महत्त्वपूर्ण पक्षहरूको निरीक्षण गरे। साथै चलिरहेको परियोजनाको समग्र प्रगति तथा कार्य समाप्त गर्ने सम्भावित समयसीमा उल्लेखित विस्तृत प्रतिवेदन उपलब्ध गराउन रेल अधिकारीहरूलाई तिनले निर्देशन पनि दिए।
बैठकपछि पत्रकारसित भएको छोटो कुराकानीमा सांसद राजु विष्टले भने, उत्तर बङ्गालको सबैभन्दा व्यस्त केन्द्रहरूमध्ये न्यू जलपाइगढ़ी स्टेशन एक हो। प्रत्येक दिन लाखौँ यात्रीहरूले यो स्टेशन प्रयोग गर्छन्। त्यसैले स्टेशनको पूर्वाधारलाई अझ आधुनिक, सुरक्षित र यात्री–मैत्री बनाउन अत्यन्तै आवश्यक छ। विभिन्न केन्द्रीय रेल विकास परियोजनाहरू सही रूपमा कार्यान्वयन भइरहेको छ कि छैन भनेर स्थलगत निरीक्षण गरिएको तिनले स्पष्ट पारे। सांसदले स्टेशन क्षेत्रमा उपस्थित सामान्य यात्रीहरूसित पनि संवाद गरे। केही यात्रीहरूले स्टेशन सम्बन्धी विभिन्न समस्या र सुझाउहरू राखे। यात्रीहरूको कुरा ध्यानपूर्वक सुनेपछि आश्वस्त गराउँदै सांसदले भने, यात्रीहरूको सुविधा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर विकास परियोजना अगाड़ि बढ़ाइनेछ।
रेल सूत्रअनुसार एनजेपी स्टेशनमा जारी आधुनिकीकरण परियोजनाको अधिकांश कार्य अन्तिम चरणमा पुगेको छ। आगामी केही महीनाभित्र नयाँ पूर्वाधार र सेवाहरू आरम्भ गर्ने लक्ष्यसहित तीव्र गतिमा कार्य अघि बढ़ाइँदैछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.