Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

डब्बल डेकर बस नचलाउने निर्णय

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

कोचबिहारको सड़कमा अब उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) को एकमात्र दुई तल्ले बस देख्न पाइने छैन। स्थायी रूपमा दुई तल्ले बसलाई केवल प्रदर्शनीका लागि सुरक्षित राख्ने निर्णय निगमले गरेको छ। यसका लागि शहरको सिल्भर जुब्ली रोड छेउमा रहेको निगमको पुरानो बस स्ट्याण्डमा स्थान पनि पहिचान गरिएको छ। एनबीएसटीसीका म्यानेजिङ डाइरेक्टर दीपङ्कर पिपलाइले भने, शीघ्रै बसलाई मरम्मती अनि सजाएर निश्चित स्थानमा राखिनेछ र त्यसका लागि आवश्यक सबै तयारी भइरहेको छ।
कोलकाताबाहेक राज्यमा एक समय कोचबिहारकै सड़कमा मात्र डब्बल डेकर बस चल्थ्यो। पाँचवटा डब्बल डेकर बसमध्ये हाल एउटा मात्र बाँकी छ जो सेण्ट्रल बस टर्मिनलमा राखिएको छ। उक्त बसलाई मरम्मती गरी पुन: सड़कमा उतार्ने प्रयास भए पनि पटक–पटक बिग्रिँदै गयो। मरम्मतीमा ठूलो खर्च पनि भएको थियो। आवश्यक स्पेयर पार्ट्स नपाइँदा समस्या अझ बढ्दै गयो। त्यसैले बसलाई फेरि सड़कमा नचलाउने निर्णय गरिएको हो।
जिल्ला हेरिटेज कमिटीका कोचबिहार सदस्य ऋषिकल्प पालले भने, यस पहललाई स्वागत गर्छु। यहाँ वर्षभरि पर्यटकहरू आउँछन्। नयाँ डब्बल डेकर बस ल्याएर चलाउन सकिन्छ। निगमले त्यस विषयबारे पनि विचार गर्न सक्छ। वाम मोर्चा शासनकालको सुरुवाततिर नै डब्बल डेकर बस सेवा आरम्भ गरिएको थियो। पछि दुई चरणमा गरेर जम्मा चारवटा बस कोचबिहारमा ल्याइएको थियो। सन् 2000 पछि बसहरू क्रमशः बिग्रँदै गए। त्यो बेला खर्च र समयको अभावमा बसलाई मूल रुटमा चलाउनदेखि रोकियो। पछि बसहरूलाई विभिन्न कार्यक्रमहरूमा भाड़ामा दिने गरिन्थ्यो। तर त्यसबाट पनि लाभ भएन। त्यसैले सबै पक्ष विचार गरेर एउटा बसलाई संरक्षण गर्ने निर्णय निगमले गरेको हो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.