Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सन्दकफूमा पर्यटकको मृत्यु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सन्दकफू घुम्न जाने क्रममा जादवपुरकी एक महिला पर्यटकको मृत्यु भएको छ। मृत महिलाको नाम अनिन्दिता गङ्गोपाध्याय (72) हो। तिनी परिवारसित पहाड़ घुम्न गएकी थिइन्। त्यहाँ अचानक तिनको स्वास्थ्य बिग्रियो। हतार–हतार तिनलाई सुखेपोखरी अस्पताल लगियो जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषणा गरे।
अनिन्दिता गङ्गोपाध्यायले विवाह गरेकी थिइनन्। तिनी दिदीको परिवारसित विभिन्न स्थानमा घुम्न जाने गर्थिन्। यसपालि पनि दिदीको परिवारसितै तिनी पहाड़ आएकी थिइन्। 21 नोभेम्बरमा तिनीहरू दार्जीलिङ पुगेका थिए। दार्जीलिङ शहरमा घुमफिर गरेपछि दुई दिन लेप्चा जगतमा बिताएपछि शनिवार तुम्लिङ पुगे।
तुम्लिङबाट आइतवार सन्दकफू पुगे। सोमवार बिहानदेखि नै तिनको स्वास्थ्य बिग्रन थालेको थियो। त्यसपछि तिनलाई सुखेपोखरी ब्लक अस्पताल लगियो। त्यहाँ चिकित्सकहरूले तिनलाई मृत घोषणा गरे। राति नै शवलाई सुखेपोखरीबाट दार्जीलिङ लगियो। आज पोस्टमर्टमपछि शवलाई कोलकाता लगिनेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.