Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एनजेपी रेलवे क्वार्टरमा चोरी प्रकरणमा दुई आरोपी पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

केही दिनअघि एनजेपी रेल क्वार्टरमा भएको चोरी प्रकरणमा सुन–चाँदीका गहना उद्धार गर्दै दुई युवकलाई पुलिसले पक्राउ गरेको छ। घटनामा संलग्न दुई आरोपी अहिले पुलिसको हिरासतमा छन्। गत 13 जुलाईको मध्य राति न्यू जलपाइगढ़ी पुलिस थानाअन्तर्गत सेण्ट्रल कोलोनीस्थित नेताजी क्लबअघि चोरीको घटना भएको थियो।
घर मालिकको आरोपअनुसार त्यो राति चोरहरूको समूहले घरका सबै सदस्यहरूलाई नशालु औषधी छर्की बेहोस बनाएर चोरी गरेको थियो। घरको आलमारीको लक तोड़ेर सुनका गहना लगायत धेरै मूल्यवान सामग्री चोरेर तिनीहरूले सुइँकुच्चा ठोकेका थिए। जानकारी पाएपछि न्यू जलपाइगढ़ी पुलिस घटनास्थल पुगेको थियो र छानबिन आरम्भ गरेको थियो।
लगभग एक महीना दश दिन लामो जाँचपछि सञ्जय मण्डल नामक एकजना युवकलाई पक्राउ गर्न पुलिस सफल भयो। तिनलाई न्यायालयमा प्रस्तुत गरी पुनः पुलिस रिमाण्डमा लिएर सोधपुछ गर्दा नन्दु तिर्की नामक अर्को युवक पक्राउ परे। नन्दु तिर्कीबाट चोरी गरिएका केही सुन–चाँदीका गहना एनजेपी थानाको भेष बदलिएको पुलिसले फेला पारेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.