Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सज्जाकको एनकाउण्टरमा पुलिस प्रश्नको सम्मुखीन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

 पाञ्जीपाड़ा घटनामा मृत सज्जाक आलमको एनकाउण्टरबारे जाँच गर्दै मानव अधिकार संस्था एपीडीआरले एउटा रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्टमा पुलिसमाथि धेरै प्रश्न उठाइएको छ। 18 जनवरी एनकाउण्टरपछि मानव अधिकार संस्थाको टोली करनदिघी थानाअन्तर्गत सानो सोहार गाउँमा रहेको सज्जाकको घरमा पुगेको थियो। परिवारसित कुराकानी गरेपछि सार्वजनिक गरिएको मानव अधिकार संस्थाको रिपोर्टमा पुलिसले तीन दिनसम्म सज्जाकलाई खोजिरहेको, त्यही समय परिवारका सदस्यहरूलाई 72 घण्टासम्म थानामा राखिएको तर पुलिसले तिनीहरूसित कुनै प्रकारको दुर्व्यवहार नगरेको घटना उल्लेख छ। पछि जब सज्जाकको शव ल्याइयो तब परिवारका सदस्यहरूलाई रिहा गरियो। 72 घण्टासम्म थानामा राख्नु कानून विपरीत भएको बताउँदै मानव अधिकार संस्थाले पुलिसविरुद्ध गैरकानूनी हिरासतको मुद्दा दर्ता गर्ने माग गरेको छ।

रिपोर्टअनुसार, पोस्टमर्टमपछि सज्जाकका भाइ खरतुजले चिकित्सकहरूबीच कुराकानी सुनेका थिए। चिकित्सकहरूले शवको घाँटीमा देखिएको दाग विषयबारे चर्चा गरिरहेका थिए। त्यसपछि हतार-हतार शव गाड़ियो। संस्थाका राज्य महासचिव रञ्जित सूरले भने, जसरी आरजी कर अस्पतालको घटनामा हतार हतार पोस्टमर्टम गरेर दाहसंस्कार गरियो त्यस्तै शैलीमा सज्जाकको शव गाड़िएको छ। तिनले शव खनन गरी पुनः पोस्टमर्टम गर्नुपर्ने माग गरेका छन्। 15 जनवरीको दिन सज्जाकले पुलिसमाथि गोली चलाएर भागेका थिए। यस क्रममा दुईजना पुलिस घाइते भएका थिए। मानव अधिकार संस्थाले यसबारे केही भन्न चाहेन। तर संस्थाका राज्य सह-सचिव अल्ताफ अहमदले भने, अपराधी जोसुकै होस् के पुलिसलाई सजाय दिने अधिकार छ? तिनले थपे, पुलिसले न्याय प्रणालीमाथि विश्वास हराएको हो त? के सज्जाकलाई पक्राउ गर्न सकिँदैन थियो?’

हाल पाञ्जीपाड़ा एनकाउण्टरको जाँच सीआईडीले गरिरहेको छ। रञ्जित सूरले भने, पुलिस सरकारको दाहिने हात हो भने सीआईडी देब्रे हात हो। त्यसैले देखावटी जाँचबाट केही निष्कर्ष निस्कने आशा छैन। एपीडीआरले न्यायालयमार्फत न्यायिक जाँचको माग गरेको छ। सज्जाकले गोली चलाएर भागेपछि राज्य पुलिसका डीजी राजीव कुमारले पाञ्जीपाड़ामा आएर पुलिसलाई एउटा गोली हाने पुलिसले चारवटा गोली हान्छ भनेर भनेका थिए। रिपोर्टमा उक्त भनाइलाई असंवैधानिक र उत्तेजनापूर्ण भन्दै आलोचना गरिएको छ। मानव अधिकार संस्थाले यसबारे अहिलेसम्म पुलिसले कुनै आधिकारिक प्रतिक्रिया नदिएको आरोप लगाएको छ। सीआईडी जाँचको रिपोर्टपछि थप जानकारी आउन सक्छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.