Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

कृषि विभागका अधिकारीहरूसित युवा शक्तिको भेट

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

युवा शक्ति केन्द्रीय उपाध्यक्ष अनुप गदाल अनि मिरिक शहर समितिका अध्यक्ष आशीष तामाङको नेतृत्वमा युवा शक्ति सौरेनी समष्टि टोलीले मिरिक कृषि विभाग कार्यालयमा विभागीय अधिकारीहरूसित भेट गरेर कृषकहरूले पाउने सरकारी सहयोग र सहुलियबारे विस्तृत चर्चा गरेको छ।

कृषि विभागका अधिकारीहरूसित भेट गरेपछि अनुप गदालले पत्रकारहरूसित कुराकानी गर्दै कृषि विभागले कृषकहरूको हितमा धेरै योजनाहरू तयार पारे पनि जानकारीको अभावमा कतिपय योजनाहरूको लाभ कृषकहरूले उठाउन नसकेका बताए। त्यसैले यस विषयमा विभागीय अधिकारीहरूसित व्यापक चर्चा गरेपछि कृषकहरूको हितमा आएका सरकारी सहयोग र सहुलियतहरूबारे जानकारी कृषकहरूसमक्ष पुऱ्याउने कार्य गरिदिने निवेदन गरिएको बताए।

विभागीय अधिकारीहरूबाट सकारात्मक आश्वसन पाइएको अनुप गदालले जानकारी गराँउदै भेट अवधि सौरेनी बस्तीका कतिपय मानिसहरूको जमीनको कागजमा पेट्रोल पम्प क्षेत्र उल्लेख भएकाले समस्या भइरहेको हुँदा त्यसको समधानमा पहल गरिदिने अनुरोध पनि विभागीय अधिकारीहरूलाई गरिएको बताए। यस अवसरमा युवा शक्ति सौरेनी समष्टिका अध्यक्ष दिपेन राई अनि सचिव समीरण बरदेवा पनि उपस्थित थिए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.