एक दुःखद घटना प्रकाशमा आएको छ। दुधिया नदीमा डुबेर एक युवकको मृत्यु भएको खबर प्राप्त भएको छ। नदी डुबेर मृत्यु हुने युवक फूलबारी 2 ग्राम पञ्चायतअन्तर्गत पश्चिम धनतलाका वासिन्दा कौशिक घोष (25) हुन्।
प्राप्त विवरणअनुसार अत्यधित गर्मीको प्रकोपबाट राहत पाउन बुधवार कौशिक आफ्ना साथीहरूसित दुधिया नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा कौशिक नदीको तीव्र पानीमा बगेका बताइएको छ। तिनलाई पानी बगाएपछि तुरुन्तै तिनको खोजी कार्य आरम्भ गरियो।
बिहीवार बिहान पुलिसले कौशिकको शव नदीबाट फेला पारेको छ। फेला पारेको शवलाई पुलिसले उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा पोस्टमर्टमका लागि पठाएको छ। यस दुःखद घटनाले तिनको परिवार अनि स्थानीय समुदायलाई गहिरो शोकमा डुबाएको छ।



