Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

धम्कीको आरोपमा युवक पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

डेढ़ महीनाअघि नयाँ दिल्लीमा दुई समूहबीच भएको झड़प र एकार्कामाथि भएको प्राणघातक आक्रमणको जाँचको क्रममा दिल्ली पुलिसले सिलगढ़ीसित सम्बन्ध रहेको थाहा पाएको छ। त्यसै मामिलामा बुधवार फरीदाबाद साइबर क्राइम थाना पुलिसले सिलगढ़ीका वासिन्दा ऋतम महाजनलाई पक्राउ गरेको छ। बिहीवार पक्राउ परेका ऋतम महाजनलाई जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरी ट्राञ्जिट रिमाण्डमा नयाँ दिल्ली लगिएको छ। पुलिसअनुसार, झण्डै डेढ़ महीनाअघि दुई समूहबीच ठूलो झड़प भएको थियो। एक व्यक्तिमाथि धारिलो हतियारले प्राणघातक हमला गरिएको आरोप छ। घाइते व्यक्तिले पुलिसमा उजुरी गरेपछि जाँचका क्रममा सातजना पक्राउ परेका थिए। पछि सोही घाइते व्यक्तिले फरीदाबाद साइबर क्राइम थानामा अर्को उजुरी दर्ता गरे जसमा तिनले ऋतमको फोन नम्बर उल्लेख गरेका थिए। आरोपअनुसार ऋतमले तिनलाई फोन गरेर दुई समूहबीच भएको विवाद मिलाउन दबाउ दिए अनि तिनको कुरा नमान्दा गोली हानी मार्ने धम्की दिए। त्यसपछि जाँचमा सिलगढ़ीको सम्बन्ध भेटिएको हो।
त्यसपछि दिल्ली पुलिसले सिलगढ़ी पुलिस कमिश्नरेटसित सम्पर्क गरी ऋतम र तिनका पिता टिङ्कु महाजनको खोजी गर्योन। ऋतमको घर सिलगढ़ीको 33 नम्बर वार्डको विनर्स क्लबनजिक क्षेत्रमा रहेको बताइएको छ। दिल्ली पुलिसले पिता–छोरासित फोनमा अनेकपल्ट कुराकानी पनि गरेको थियो। एफआईआरमा उल्लेख गरिएको नम्बर जाँच्दा पहिले टिङ्कुको नाम अघि आएको थियो। तर टिङ्कुले भने, छोराको मोबाइल नम्बर मेरो नाममा दर्ता छ। त्यसैले सुरुमा पुलिसले मलाई नै आरोपी ठानेको थियो। निर्दोष छोराको करियर नबिग्रियोस्! तर छोराले फोनमा धम्की दिएको हो कि होइन भन्ने विषयमा तिनले कुनै टिप्पणी गरेनन्। पुलिसअनुसार, आज बिहान ऋतमलाई एनजेपी थानामा बोलाइयो। सोधपुछका क्रममा ऋतमको मोबाइलबाट केही महत्त्वपूर्ण जानकारी फेला परेको दिल्ली पुलिसले जनाएको छ। डेढ़ महीना पहिलेको आक्रमणको घटनामा संलग्न रहेका केही व्यक्तिहरूसित तिनको फोन सम्पर्कको प्रमाण पनि भेटिएको बताइएको छ। ऋतमका बयानमा धेरै असङ्गति देखिएको दाबी गर्दै पुलिसले तिनलाई आज बेलुकी पक्राउ गरेको हो।
पुलिसको अनुमानअनुसार अध्ययनका क्रममा ऋतमको नयाँ दिल्ली आउजाउ हुन्थ्यो। सोही क्रममा तिनका स्थानीय केही युवासित घनिष्ट सम्बन्ध बनेको थियो। त्यसकारण यस घटनामा तिनी पनि तानिएको हुन सक्ने पुलिसले प्रारम्भिक निष्कर्ष निकालेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.