Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

छुरी प्रहार गर्ने युवक पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

नक्कली नोट प्रयोग गर्ने प्रयास असफल भएपछि एक युवाले एक व्यापारीको छोरामाथि आक्रमण गरेको आरोप लागेको छ। यो घटना सिलगढ़ाको हाइदरपाराको घुगुना मोड़ क्षेत्रमा भएको हो। यस घटनाले गर्दा क्षेत्रमा तनाउ सिर्जना भएको छ। प्राप्त विवरणअनुसार बुधवार राति निरज छेत्री ठकुरीले स्थानीय पसलमा नक्कली नोट प्रयोग गरेर सामान किन्न प्रयास गरेका थिए। जब पसलेले उक्त नोट लिन अस्वीकार गरे तब विवाद उत्पन्न भयो।

बिहीवार बिहान निरजले पसलेका छोरा प्रियांशु पालमाथि धारिलो हतियारले आक्रमण गरेको आरोप छ। घाइते अवस्थामा पियांशुलाई तत्काल उद्धार गरी सिलगढ़ी जिल्ला अस्पताल पुर्यााइएको छ।यस घटनापछि क्षेत्रमा सन्त्रास फैलियो।

आक्रोशित स्थानीय मानिसहरूले आरोपीको फ्ल्याट घेराउ गर्दै विरोध प्रदर्शन गरे। व्यापारीहरू समेत सडकमा ओर्लिए। खबर पाए लगत्तै भक्तिनगर पुलिस टोली घटनास्थलमा पुग्यो। भक्तिनगर थाना पुलिसले घटनास्थलमा पुगेर आरोपी निरज ठकुरीलाई पक्राउ गरेको छ। स्थानीय वासिन्दाहरूको दाबीअनुसार उक्त युवकले यसअघि पनि अन्य धेरै पसलहरूमा नक्कली नोट चलाउने प्रयास गरेका थिए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.