Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

केवल 35 मिनेटमै बाघडुग्रादेखि गान्तोक पुगिने

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

प्रतीक्षाको अन्त्य भएको छ। अब धेरै कम्ती समयमा नै बाघडुग्राबाट गान्तोक पुग्न सकिने भएको छ। बाघडुग्रादेखि गान्तोकसम्म हेलिकप्टर सेवा आरम्भ गरिएको छ। 17 अगस्तदेखि यो सेवा आरम्भ गरिएको हो। फेरि बुर्तुक हेलिप्याडदेखि एमआई-172 हेलिकप्टर सेवा आरम्भ गरिएको छ। सिक्किम टुरिजम डेभलपमेण्ट कर्पोरेशन र स्काई वन एयरवेज लिमिटेडको संयुक्त पहलमा यो सेवा आरम्भ गरिएको हो। अबदेखि सड़क मार्गमार्फत लामो समय यात्रा गर्नु पर्दैन। यसको साटो अब 30-35 मिनेटमै बाघडुग्रादेखि गान्तोक पुग्न सकिनेछ।
एमआई-172 हेलिकप्टरमा 20 जना यात्रीहरूले एकसाथ यात्रा गर्न सक्नेछन्। तर यात्रीहरूले अधिकतम 10 किलोसम्म मात्र लगेज लैजान पाउनेछन्। टिकट बुकिङका लागि बाघडुग्रा विमानस्थलको हेलिकप्टर बुकिङ कार्यालयमा फोन गर्न सकिन्छ। नम्बरहरू यसप्रकार छन्: 03592-203960 र 7318906677। बिहान 10 बजीदेखि बेलुकी 5 बजीसम्म बुकिङ गर्न सकिन्छ। प्रति फेरी यात्रामा एकजनाको भाड़ा 4500 रुपियाँ तोकिएको छ। एमआई-172 हेलिकप्टर बिहान 9.35 बजी गान्तोकदेखि उड्नेछ। त्यसले बिहान 10.10 बजी बाघडुग्रामा अवतरण गर्नेछ। फेरि बाघडुग्रादेखि 10.40 बजी उड़ेर गान्तोकमा 11.15 बजी पुग्नेछ।
अर्कातिर गान्तोकदेखि हेलिकप्टर दिउँसो 12.25 बजी उड्नेछ। त्यो 1.00 बजी बाघडुग्रामा पुग्नेछ। फेरि बाघडुग्रादेखि दिउँसो 1.30 बजी उड़ेर गान्तोकमा 2.05 बजी अवतरण गर्नेछ। तर मौसमको स्थितिमा निर्भर गरी हेलिकप्टर चलाइनेछ। गत वर्ष यो हेलिकप्टर सेवा आरम्भ गरिएको थियो। त्यसपछि केही समयका लागि बन्द थियो। अब फेरि यो सेवा आरम्भ गरिएको हो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.