Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

तोरीबारीमा वेलनेस टुरिज्मको पहल

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

प्रकृतिसित एकाकार भएर कोही ध्यानमा मग्न छन् त कोही योगासनमा व्यस्त छन्। सबै अपरिचित अनुहार हुन् किनकि ती सबै पर्यटक हुन्। प्रकृतिको बीचमा शान्ति खोज्दै तिनीहरू वेलनेस टुरिज्मको आकर्षणमा परेर टाढ़ा टाढ़ाबाट आएका हुन् तोरीबारीमा। तर एक दशक अघिसम्म केरलाबाहेक वेलनेस टुरिज्म अपरिचित थियो। त्यसो भए अचानक किन स्वास्थ्य पर्यटनमा यति जोड़ दिइँदैछ? पर्यटन व्यवसायीहरूअनुसार कोभिड महामारीबाट शिक्षा लिएपछि मानिसहरू अब आत्म संरक्षण र मानसिक सन्तुलनका निम्ति वेलनेस टुरिज्मतर्फ आकर्षित भइरहेका छन्। स्वास्थ्य पर्यटनको विस्तारका लागि तिनीहरू स्वयं पनि पहल गर्न थालेका छन्।
वेलनेस टुरिज्मले केवल शारीरिक स्वास्थ्यसित होइन तर मानसिक र आध्यात्मिक सन्तुलनसित पनि गहिरो सम्बन्ध राख्छ। यसकारण प्रत्येक वर्ष असङ्ख्य मानिस केरला पुग्छन्। ध्यान र योगासनमार्फत मानसिक सन्तुलन कायम राख्ने उपायका रूपमा यो पर्यटन देशभरि लोकप्रिय बन्दै गइरहेको छ। वेलनेस टुरिज्मलाई उत्तर भारतको पर्यटनसित कसरी जोड्न सकिन्छ भनेर पनि पर्यटन व्यवसायीहरूले ध्यान दिइरहेका छन्। तोरीबारीको गुम्बालाई केन्द्रमा राखेर यस्तै प्रकारको पर्यटन आरम्भ गरिएको छ। गुम्बाको शान्त वातावरणलाई पर्यटनसित कसरी जोड्न सकिन्छ भन्ने विचारबाटै डा. तेञ्जिङ पालजोम भुटियाले यहाँ वेलनेस टुरिज्मको आरम्भ गरेका हुन्। तेञ्जिङ पालजोम भुटियाको शब्दमा, पहिले वेलनेस टुरिज्म त्यति परिचित थिएन तर अहिले धेरै पर्यटकहरू उत्साहित छन्। देशका विभिन्न प्रान्तबाट मानिसहरू यहाँ ध्यान र योगासनमार्फत प्रकृतिसित समय बिताउन आउँछन्।
पर्यटन व्यवसायीहरू अब वेलनेस टुरिज्मको माध्यमबाट पर्यटकहरूलाई उत्तर बङ्गालमा आकर्षित गर्न सक्रिय भएका छन्। एसोसिएशन फर कञ्जर्भेशन एण्ड टुरिज्मका कन्भेनर राज बासुले भने, हाल मानिसहरूमा कामको दबाउ धेरै बढ़ेको छ। मानसिक शान्ति र शारीरिक सन्तुलनका लागि धेरैजना विभिन्न स्थानमा घुम्न जान्छन्। त्यसैले वेलनेस टुरिज्म अहिले देश र विदेश दुवै ठाउँमा लोकप्रिय बन्दै गइरहेको छ। तोरीबारी क्षेत्रमा पनि यस्ता पर्यटनका लागि अहिले धेरै मानिसहरू आउँछन्। यस्ता केन्द्रहरूको सङ्ख्या बढ़ाउने प्रयास हामी गरिरहेका छौँ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.