Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पानीले आलु खेती नष्ट

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

राजगञ्ज क्षेत्रमा पानीले खेत डुबाएपछि आलु खेती गर्ने किसानहरूले ठूलो क्षति ब्योहोर्नु परेको छ। लगभग पाँच बिघा क्षेत्रमा लगाइएको आलुको खेती पूर्ण रूपमा नष्ट भएको बताइएको छ। यो घटना राजगञ्ज ब्लकअन्तर्गत शिकारपुर ग्राम पञ्चायतको नर्थ बेङ्गल फार्म क्षेत्रमा भएको हो।
प्राप्त जानकारीअनुसार पछिल्ला दुई दिनदेखि परेको वर्षाको पानीसितै सिँचाइ नहरबाट बगेको पानी कृषक बापी दास अनि निरञ्जन दासको आलु खेतमा पसेको थियो। खेतमा घुँड़ासम्म पानी जम्दा आलु कुहिन थाल्यो र बाली पूर्ण रूपमा नष्ट भयो। पीड़ित किसानहरूले बताएअनुसार तिनीहरूले लगभग तीन महीनाअघि ब्याङ्क तथा साहुकारबाट ऋण लिएर आलु खेती गरेका थिए। यो वर्ष उत्पादन राम्रो हुने आशा गरिएको थियो तर डुबाउका कारण सम्पूर्ण बाली नष्ट भएको छ।
लामो समयसम्म पानी जमिरहँदा आलु कुहिएको साथै बजारमा आलुको मूल्य घटिरहेकाले समस्या अझ बढ़ेको पनि किसानहरूले बताएका छन्। अब ऋण कसरी तिर्ने अनि यसले परिवारको आर्थिक अवस्थामाथि पार्ने प्रभावको कारण तिनीहरू चिन्तित छन्। पीड़ित किसानहरूले प्रशासनसमक्ष क्षतिपूर्तिको माग गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्थायी समाधानको व्यवस्था गर्न आग्रह गरेका छन्।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.