Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सड़क निर्माण नभए चुनाउ वहिष्कारको चेताउनी

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

जोरबङ्गलो सुकेपोखरी खण्डको नागरी धजे समष्टिअन्तर्गत पर्ने मगरजोङ जितु गाउँका दुईवटा समाजले आगामी मार्च महीनासम्म गाउँको सड़क निर्माण कार्य आरम्भ नभए 2026 को चुनाउमा भोट वहिष्कार गर्ने निर्णय गरेका छन्। हाल वरिपरिका अधिकांश क्षेत्रमा पक्की सड़क निर्माण भइसकेको भए पनि मगरजोङको जितु गाउँमा भने अझै कच्चा सड़कमै यात्रा गर्न स्थानीय वासिन्दाहरू बाध्य छन्। सड़क निर्माणको मागबारे स्थानीय मानिसहरूले लामो समयदेखि आवाज उठाउँदै आइरहेका छन्। केही समयअघि विभागीय तहबाट नाला (झोड़ा) निर्माण मात्र गरेर सड़कको काम रोकिएको थियो। त्यसपछि ठेकेदार पक्षले काम पुनः आरम्भ नगरेपछि असन्तोष चुलिएको हो। यसै सन्दर्भमा गत 17 अक्टोबरमा स्थानीय दुई समाजको पहलमा एउटा सभा आयोजन गरियो। उक्त सभामा क्षेत्रीय सभासद अञ्जुल चौहान, उपप्रधान अजय सुब्बा तथा ठेकेदार पक्षबाट अमिर गुरुङ उपस्थित थिए। सभामा सभासद तथा ठेकेदार पक्षले दिसम्बर महीनादेखि नै सड़क निर्माण कार्य पुनः आरम्भ गर्ने प्रतिबद्धता जनाएका थिए।
तर दिसम्बर महीना समाप्त हुन लाग्दा पनि कार्य आरम्भ नभएपछि स्थानीय समाजले पुनः सभा आयोजना गरी गम्भीर छलफल गरेका छन्। सभामा सभासद चौहानलाई निमन्त्रणा गरिएको भए पनि तिनी उपस्थित भएनन्। यता ठेकेदार पक्षबाट कुसुम राई सबामा उपस्थित थिए। सभामा कुसुम राईले पहिले गरिएको झोड़ा निर्माणको बिल हालसम्म पास नभएकाले कार्य अघि बढ़ाउन नसकिएको जानकारी दिँए। जनवरी महीनामा बिल भुक्तान भए तुरुन्तै सड़क निर्माण कार्य आऱम्भ गरिने तिनले बताए।
यता सभासदको अनुपस्थितिलाई गाउँ समाजप्रति लापरवाही र बेवास्ता बताउँदै स्थानीय वासिन्दाहरूले कठोर आपत्ति जनाए। अन्ततः सभाबाट मार्च महीनासम्म सड़क निर्माण कार्य आरम्भ नभए आगामी 2026 को चुनाउमा भोट वहिष्कार गर्ने निर्णय गर्दै सम्बन्धित निकायलाई कठोर चेताउनी दिइएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.