Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

आसी घर आउटपोस्टद्वारा न्यानो कपड़ा वितरण

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

जाड़ो बढ्दै गइरहेको अनि अत्यधिक चिसोले दैनिकी प्रभावित बनाइरहेको अवस्थामा विपन्न तथा असहाय परिवारहरूले सबैभन्दा कठिन अवस्थाको सामना गरिरहेका छन्। तिनीहरूलाई सहयोग पुर्यापउने उद्देश्यमा आसी घर आउटपोस्टका पुलिस कर्मचारीहरूले मानवीय पहल गर्दै गरीब मानिसहरूलाई न्यानो कपड़ा वितरण गरेका छन्।
अफिसर–इन–चार्ज मृण्मय घोषको नेतृत्वमा पुलिस कर्मचारीहरूले आसीघर आउटपोस्ट क्षेत्रमा पर्ने विभिन्न बस्तीहरूमा पुगेर विपन्न परिवारहरूलाई व्यक्तिगत रूपमा न्यानो कपड़ा हस्तान्तरण गरे। उक्त कार्यक्रममा आउटपोस्टका अन्य पुलिस अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
जाड़ोमा आवश्यक सामग्री प्राप्त गरेपछि लाभान्वित परिवारहरूले खुशी र राहत व्यक्त गरे। यस अवसरमा बोल्दै ओसी मृण्मय घोषले यस्ता मानवीय कार्यक्रमहरू आगामी दिन पनि निरन्तर सञ्चालन गरिने बताए। साथै गरीब मानिसहरूबारे पुलिसलाई जानकारी गराउन आग्रह गर्दै आवश्यक पर्दा विपन्न तथा असहाय मानिसहरूको साथमा सधैँ दिने प्रयास गरिने आश्वासन पनि तिनले दिए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.