Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

वृद्धाको दुईवटा मतदाता परिचयपत्र

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

एसआईआरको प्रक्रिया चलाउँदा एउटै वृद्धाको दुईवटा मतदाता परिचयपत्र फेला परेको घटना प्रकाशमा आएको छ। एउटै व्यक्तिको नाममा दुईवटा अलग-अलग फोटोसहित परिचयपत्र छन्। दुवै मतदाता कार्डमा वृद्धाको नाम र ठेगाना एकै भए पनि एपिक नम्बर अनि अभिभावकको नाम अलग–अलग छन्। एउटा कार्डमा लिङ्ग पुरुष र अर्कोमा महिला उल्लेख गरिएको छ। मतदाता सूचीमा पनि तिनको नाम दुईपल्ट सूचीकृत छ। बालुरघाट नगरपालिकाको 8 नम्बर वार्डको मङ्गलपुर क्षेत्रमा एसआईआर फारम बुझाउने क्रममा बीएलओको नजरमा यस्तो घटना फेला परेको हो। त्यसपछि विवाद सिर्जना भयो। बीएलओले तुरुन्तै उक्त विषयबारे बीडीओ कार्यालयलाई जानकारी गराए। बिहीवार नै अधिकारीहरू वृद्धाको घर पुग्ने जानकारी पनि प्राप्त भएको छ। यसरी तृणमूलले नक्कली मतदाताहरूलाई सूचीमा राखेको भाजपाले आरोप लगाएको छ। तर तृणमूलले यस आरोपलाई अस्वीकार गरेको छ।
आरती चाकी बालुरघाट नगरपालिकाको 8 नम्बर वार्डको मङ्गलपुरकी वासिन्दा हुन्। तिनका श्रीमान् विनय चाकीको मृत्यु भइसकेको छ अनि छोरा विजय चाकी 20-25 वर्षदेखि बेपत्ता छन्। आरती चाकी अहिले छोरी र नातिसित बस्छिन्। आरती घर-घरमा पकाउने काम गर्छिन् भने छोरी घरेलु कामदारको रूपमा काम गर्छिन्। त्यसै कामबाट तिनीहरूको गुजारा चल्छ। आरतीसित दुईवटा मतदाता कार्ड छन्। एउटा 2010 को हो भने अर्को 2012 सालको हो। 2010 सालको एपिक कार्डमा सबै विवरण सही छन्। त्यसपछि पनि तिनले 2012 सालमा अर्को एपिक कार्ड पाएकी थिइन् जसको नम्बर फरक छ। उक्त कार्डमा तिनको लिङ्ग पुरुष उल्लेख छ अनि अभिभावकको नामको ठाउँमा हराएका छोराको नाम लेखिएको छ। कार्डमा केही गल्ती भएकाले पछि अर्को कार्ड दिइएको वृद्धाको दाबी छ। तर एउटै व्यक्तिको नाममा दुईवटा मतदाता कार्ड कसरी बन्यो? त्यसको उत्तर तिनीसित छैन।
आरती चाकीले भनिन्, धेरै अगाड़ि मतदाता कार्ड बनाएको थिएँ। त्यस कार्डमा गल्ती थियो। म स्वयंले त्यसबारे जानकारी गराएको थिएँ। त्यसपछि अर्को कार्ड पाएँ। म एकै कार्ड प्रयोग गरेर भोट हाल्छु। भाजपाका बीएलए सदस्य सब्यसाची रायले भने, एसआईआर फारम बुझाउने क्रममा नै यस्तो तथ्य पत्तो लागेको हो। यदि म आफै आएर नहेरेका भए विषय लुकाइन्थ्यो। तिनले पार्टीको उच्च नेतृत्वलाई पनि यसबारे जानकारी दिएका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.