Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मुर्मू-घोष आक्रमण प्रकरणमा थप दुई पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सोमवार नगरकट्टाको बामनडाङ्गामा बाढ़ीको स्थिति निरीक्षणका क्रममा मालदा उत्तरका भाजपा सांसद खगेन मुर्मू अनि सिलगढ़ीका विधायक शङ्कर घोषमाथि आक्रमण भएको थियो। उक्त घटनामा नगरकट्टा थाना पुलिसले थप दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको नाम शहानुर आलम अनि तोफायेल हुसैन हो। बिहीवार बिहान सुल्कापाड़ाको खयेरबारीबाट तिनीहरूलाई पक्राउ गरिएको हो। यससितै उक्त आक्रमण प्रकरणमा हालसम्म चारजना पक्राउ परेका छन्। बुधवार दुईजनालाई पक्राउ गरिएको थियो। बाँकी आरोपीहरूको खोजी कार्य जारी छ।
बामनडाङ्गामा बाढ़ीको अवस्था निरीक्षणका क्रममा खगेन मुर्मू अनि शङ्कर घोष प्रदर्शनकारीहरूको घेरामा परेका थिए। लाट्ठी, जुत्ता बोकेर धेरै मानिसहरू तिनीहरूमाथि आक्रमण गर्न पुगेका थिए। नदीको ढुङ्गाले भाजपा नेताहरू सवार गाड़ीमा प्रहार गरिएको थियो। खगेन मुर्मूको टाउकोमा चोट लागेको थियो अनि लगातार रगत बगिरहेको थियो। शङ्कर घोष पनि घाइते भएका थिए। पछि दुवैलाई सिलगढ़ीको एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो। खगेन मुर्मू अझै उपचाराधीन छन् भने शङ्कर घोषलाई बुधवार अस्पतालबाट छुट्टी दिइएको छ।
आक्रमणको घटनामा सोमवार नै भाजपाको तर्फबाट आठजनाविरुद्ध पुलिसमा उजुरी दर्ता गरिएको थियो। तर घटना भएको 54 घण्टा बित्दा पनि पुलिसले कसैलाई पक्राउ नगरेको भन्दै प्रश्न उठाइएको थियो। अन्ततः बुधवार दुईजनालाई पक्राउ गरियो। ती व्यक्तिहरूको नाम एकरामुल हक र गोबिन्द शर्मा हो। आज बिहान थप दुईजनालाई पक्राउ गरिएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.