Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

किशनगञ्जबाट लागू औषधीसहित दुई पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सीमा सुरक्षा बल (बीएसएफ) अनि किशनगञ्ज पुलिसले संयुक्त अभियान सञ्चालन गरेर दुईजना लागू औषधी तस्करलाई पक्राउ गरेको छ। यो कारवाही उत्तर बङ्गाल फ्रण्टियरअन्तर्गत किशनगञ्ज सेक्टरको एमजीएम किशनगञ्ज क्षेत्रमा गरिएको हो। अभियानमा दुवै तस्करहरू शङ्कास्पद निषेधित लागू औषधीसहित पक्राउ परेका हुन्।

गोप्य सूचनाका आधारमा बीएसएफ अनि किशनगञ्ज पुलिसको टोलीले बुधवार दिउँसो लगभग 2.15 बजी अभियान चलाएको थियो। खोजतलासीका क्रममा दुवै आरोपीहरूबाट एक प्याकेट फेला पारियो जसमा 101.15 ग्राम शङ्कास्पद लागू औषधी फेला परेको हो। फेला पारिएको सामग्रीको भारतीय बजार मूल्य लगभग रु. 90,000 आकलन गरिएको छ भने अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य अझ बढ़ी हुन सक्ने अनुमान गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूको परिचय सहनवाज हुसैन (28) इस्लामपुर थानाअन्तर्गत बहारतला गाउँका वासिन्दा अनि अनवारुल हक (28) भक्तगञ्ज दोहासो गाउँका वासिन्दा हुन्। तिनीहरूबाट दुईवटा मोबाइल फोन जफत गरिएको छ। पक्राउपछि दुवै तस्करलाई फेला पारिएको सामग्रीसहित किशनगञ्ज पुलिस चौकीमा सुम्पिएको छ अनि तिनीहरूविरुद्ध सम्बन्धित धाराअन्तर्गत मुद्दा दर्ता गरी थप जाँच चलिरहेको जनाइएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.