Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

डीए प्राप्ति उत्सवको तयारीमा तृणमूल सङ्गठन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मुख्यमन्त्री ममता ब्यानर्जीले बाँकी महँगी भत्ता (डीए) घोषणा गरेपछि राज्यका सरकारी कर्मचारी, शिक्षक-शिक्षिका, शिक्षाकर्मी, पञ्चायत तथा नगरपालिका कर्मचारीहरूबीच उत्साह देखिएको छ। तर यस विषयमाथि भाजपा तथा वाममोर्चाका सरकारी कर्मचारी र शिक्षक सङ्गठनहरूले व्यङ्ग्य गरेका छन्। मुख्यमन्त्रीको घोषणापछि आज सोमवार राज्य सरकारका विभिन्न विभागहरूमा तृणमूल राज्य सरकारी कर्मचारी फेडेरेशनको जिल्ला नेतृत्वले मिठाई बाँड़ेर उत्सव मनाउने तयारी आरम्भ गरेको छ।
फेडेरेशनका जिल्ला अध्यक्ष चिरञ्जीव मिश्रले भने, मुख्यमन्त्री राज्यका सरकारी कर्मचारी, शिक्षक-शिक्षिका तथा पञ्चायत र नगरपालिका कर्मचारीहरूको हितमा रहेकी हामी सधैँ भन्दै आइरहेका छौँ। तर तिनको सदिच्छा भए पनि केन्द्रबाट राज्यप्रति भइरहेको आर्थिक वञ्चनाका कारण महँगी भत्ताको बाँकी रकम भुक्तान गर्न राज्य सरकारका लागि ठूलो चुनौती बनेको छ।
सीमित आर्थिक अवस्थाबीच पनि मुख्यमन्त्रीले महँगी भत्ता प्रदान गर्ने निर्णय लिइन्। सोमवार मुख्यमन्त्रीको यस घोषणालाई स्वागत गर्दै सङ्गठनका विभिन्न विभागहरूमा मिठाई बाँड़िनेछ र कर्मचारीहरूलाई मुख्यमन्त्रीको सपनाको बङ्गाल निर्माणमा साथ दिने आग्रह गरिनेछ, चिरञ्जीवले भने। जिल्ला तृणमूल माध्यमिक शिक्षक समितिका जिल्ला अध्यक्ष आशीष मण्डलले पनि महँगी भत्ता दिने घोषणालाई स्वागत गरेका छन्। तिनले भने, हामी सबै मुख्यमन्त्रीको साथमा छौँ। अर्कातिर सीपीएमको निखिल बङ्ग शिक्षक समितिका जिल्ला सचिव अरुण प्रसादले भने, महँगी भत्ता दिने यो निर्णय स्वस्फूर्त होइन। सर्वोच्च न्यायालयको आदेशका कारण अन्ततः राज्य सरकार महँगी भत्ता दिन बाध्य भएको हो। राज्यका सरकारी कर्मचारी, शिक्षक-शिक्षिका, पञ्चायत तथा नगरपालिका कर्मचारीहरूको सम्झौताहीन आन्दोलन र कानूनी सङ्घर्षको परिणाम नै यो भत्ता हो। श्रमिक, कर्मचारी र शिक्षक विरोधी राज्य सरकारको हामी संयुक्त रूपमा विरोध गर्नेछौँ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.