Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

स्वप्नालाई उम्मेद्वार बनाएपछि तृणमूल विधायकको युद्धघोषणा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

जलपाइगढ़ीको तृणमूल कार्यालयमा नेता-कर्मीहरूसित बसेका थिए राजगञ्जका निवर्तमान विधायक खगेश्वर राय। तिनको नजर नेतृ ममता ब्यानर्जीको उम्मेद्वार सूची घोषणातर्फ थियो। मेखलीगञ्जबाट उम्मेद्वारको नाम घोषणा गरिन् ममता ब्यानर्जीले। खगेश्वर सतर्क भएर बसे। तर क्रमशः तिनको विधानसभा क्षेत्रका उम्मेद्वारको नाम घोषणा हुन साथ तिनको अनुहार फिक्का भयो। त्यसपछि ममता, अभिषेक ब्यानर्जीले अरू कुन-कुन क्षेत्रमा कसलाई उम्मेद्वार बनाए भन्ने तृणमूल विधायकको कानमा नै परेन। तृणमूलको उम्मेद्वार सूची सार्वजनिक भएको केही घण्टा पनि बितेको थिएन। खगेश्वरले दलको पदबाट राजीनामा दिए। त्यति मात्र होइन तिनले राजगञ्जका तृणमूल उम्मेद्वार स्वप्ना बर्मनको हार निश्चित रहेको भविष्यवाणी पनि गरे>
2018 को एशियाडमा स्वर्ण पदक जितेकी एथ्लिट स्वप्नाको हातमा गत फरवरीमा राज्यका दुई मन्त्री ब्रात्य बसु र चन्द्रिमा भट्टाचार्यले दलको झण्डा दिएका थिए। त्यहाँ सिलगढ़ीका मेयर गौतम देव पनि उपस्थित थिए। जलपाइगढ़ीकी भूमिकन्या स्वप्नाले 2018 मा एशियाडमा स्वर्ण पदक जिते पनि पछि चोटका कारण खेल छाड्ने बताएकी थिइन्। हाल तिनी रेल कर्मचारी हुन्। गत जनवरीमा सिलगढ़ीको महाकाल मन्दिरको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले तिनलाई सम्मान गरेकी थिइन्। तर स्वप्नालाई निर्वाचनको टिकट दिइने कुरा राजगञ्जका बहुपल्ट विधायक बनेका खगेश्वर रायले कल्पना समेत गरेका थिएनन्। तिनका एक नजिकका व्यक्तिअनुसार, मुख्यमन्त्री एकपछि अर्को उम्मेद्वारको नाम घोषणा गरिरहेकी थिइन्। खगेश्वर दादेखि कार्यकर्ताहरूको उत्साह स्पष्ट देखिन्थ्यो। तर राजगञ्ज विधानसभा क्षेत्रको उम्मेद्वारको रूपमा स्वप्ना बर्मन नाम घोषणा हुन साथ सबै उत्साह एकैछिनमा समाप्त भयो। टेलिभिजन बन्द गरियो।
त्यसपछि समर्थकहरूसितै दलको कार्यालयमै बसेर खगेश्वरले जलपाइगढ़ी जिल्ला तृणमूलको पदबाट राजीनामा दिने निर्णय गरे। केही समयपछि तिनले जिल्लाको अध्यक्ष पद पनि त्यागे। तृणमूल सङ्गठन निर्माणदेखि नै उत्तर बङ्गालमा ममता ब्यानर्जीका राजनीतिक सहयात्री बनेका नेतामध्ये खगेश्वर एक हुन्। 2009 को उपनिर्वाचनमा तिनले पहिलोपटक जित हासिल गरेका थिए। त्यसपछि 2011 देखि 2021 सम्म लगातार राजगञ्जबाट जित्दै आएका छन्। टिकट नपाएपछि खगेश्वरले भने, आज म पैसासित हारेँ! मुख्यमन्त्रीले जब कङ्ग्रेस छोड़ेर दल गठन गरिन् त्यस समयदेखि म तिनीसित छु। पक्कै पनि कुनै नेताले यति धेरै पैसा दिएको हुनुपर्छ कि मेरो नाम हटाइयो। जसले कहिल्यै तृणमूल दल नै गरेनन् तिनी मेरो विधानसभा क्षेत्रमा उम्मेदवार! विधायकले थप भने, ममाथि भएको अन्यायका कारण मैले दलको पदबाट राजीनामा दिएको हुँ। राजगञ्ज आसन तृणमूलले हार्नेछ। यहाँ दलको आधार मैले निर्माण गरेको हुँ। अर्को दलमा जाने कि नजाने भन्ने विषयबारे अझै सोचेको छुइनँ। तर मैले दललाई पत्र पठाएको छु। अब दलले के निर्णय गर्छ त्यो हेर्नेछु।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.