Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एसएसबीद्वारा तिरङ्गा ऱ्याली

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

आठौँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी) ले कमाण्डेण्ट मितुल कुमारको मार्गदर्शनमा हर घर तिरङ्गा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमअन्तर्गत वाहिनी मुख्यालयदेखि मोटर साइकल तिरङ्गा र्या्ली निकालिएको थियो। ऱ्यालीमा अधिकारीहरू, जवानहरू अनि स्थानीय गाउँलेहरूले उत्साहपूर्वक भाग लिएका थिए।
यो र्यायली मुख्यालयदेखि आरम्भ भएर ट्याङ्क मोड़ हुँदै खप्रेल बजार र हिमुल मोड़सम्म पुगेर पुनः मुख्यालयमै फर्किएको थियो। सहभागीहरूले हातमा राष्ट्रिय झण्डा बोकेर देशभक्तिका नाराहरू लगाउँदै जनचेतना फैलाए। साथै सबै नागरिकहरूलाई आ-आफ्नो घरमा राष्ट्रिय झण्डा फहराउन आग्रह गरे।
त्यससितै वाहिनीको कार्यक्षेत्रभित्र पर्ने वाह्य सीमा चौकी बारामानीरामजोतमा पनि मोटर साइकल ऱ्यालीको आयोजना गरिएको थियो। त्यसै गरी मिरिकको बाघखोर र पशुपति फाटकमा स्कूले विद्यार्थीहरूले स्थानीय गाउँलेहरूसित मिलेर तिरङ्गा ऱ्याली निकालेका थिए। यस कार्यक्रमको मुख्य उद्देश्य देशभक्तिको भावना अझ सुदृढ़ गर्नु साथै आजादीको अमृत महोत्सवअन्तर्गत राष्ट्रिय झण्डाको सम्मानका लागि धेरैभन्दा धेरै मानिसहरूलाई प्रेरित गर्नु रहेको एसएसबीले बताएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.