Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

होम–स्टेको बाल्कोनीदेखि सड़कमा खस्दा पर्यटकको मृ*त्यु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

दुर्घटनामा पहाड़ घुम्न आएका एक युवा पर्यटकको मृत्यु भएको छ। खरसाङको डाउहिलस्थित होम–स्टेको बाल्कोनीबाट खस्दा हाउड़ाका वासिन्दा युवकको मृत्यु भएको हो। लगभग 26 वर्षका उक्त युवकको नाम सप्तनील चट्टोपाध्याय हो। 18 अगस्त बिहान यो दुर्घटना भएको हो। तिनी 6 जनाको समूहसितै घुम्न पहाड़ आएका थिए। सोमवार नै तिनीहरूको घर फर्कने योजना थियो।
सूत्रअनुसार केही दिनअघि पर्यटकहरूको एउटा समूह उक्त होम–स्टेमा बस्न आएको थियो। समूहमा रहेका 6 जनामध्ये को–को थिए भनेर जानकारी प्राप्त भएको छैन। सोमवार बिहान सप्तनील बाल्कोनीबाट सड़कमा खस्दा तिनका साथीहरू कहाँ थिए भनेर पुलिसले जाँच गरिरहेको छ। बाल्कोनीबाट सप्तनील कसरी खसे भन्ने विषयमा पनि जाँच भइरहेको छ। यो केवल दुर्घटना हो वा यसको पछाड़ि कुनै रहस्य छ भनेर पनि पुलिसले गहन जाँच गरिरहेको छ।
खरसाङको डाउहिल अत्यन्तै लोकप्रिय पर्यटक स्थल हो। केही दिनपछि दशैँ–तिहार आउँदैछ। यो समय दार्जीलिङ–खरसाङ क्षेत्रमा पर्यटकहरूको भीड़ बढ्ने गर्दछ। तर डाउहिलमा पर्यटकको मृत्युले पहाड़ घुम्न आउने पर्यटकहरूमा त्रास फैलिएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.