Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

नगराकट्टा सड़क दुर्घटनामा तीनको मृत्यु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सखारै बिहान भयावह दुर्घटना भएको छ। चिया श्रमिकहरू बोकेको पिकअप भ्यान पल्टिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ अनि धेरै घाइते भएका छन्। सोमवार सखारै बिहान नगराकट्टाको गठिया चियाबारीको अप्पर डिभिजनमा यस्तो मर्मान्तिक घटना भएको हो।प्राप्त जानकारीअनुसार मृत अनि घाइते सबै खयेरकट्टा गाउँ र खयेरबारी क्षेत्रका वासिन्दा हुन्। अन्य दिन जस्तै आज पनि तिनीहरू पिकअप भ्यानमा चढ़ेर गठिया चियाबारीमा अस्थायी वा बिघा काम गर्न जाँदै थिए। तर अचानक गाड़ीले नियन्त्रण हराएर पल्टिँदा सड़क छेउको खाल्डोमा खस्यो।

त्यसपछि स्थानीय मानिसहरूले घटनामा परेका सबैलाई उद्धार गरेर चियाबारीको अस्पताल र सोल्कापाड़ा ग्रामीण अस्पताल पुर्यानए। त्यहाँ तीनजनालाई मृत घोषणा गरियो।प्राप्त जानकारीअनुसार मृतहरूमा मृत मनीषा नागाशिया(18), सुन्दर माझी(25) अनि मनीषा खाल्को (26) सामेल छन्। यस दुर्घटनामा 22 जना घाइते बनेका जानाकीर छ। सोल्कापाड़ा ग्रामीण अस्पतालमा प्राथमिक उपचारपछि 15 जना श्रमिकहरूलाई मालबजार सुपर स्पेसियालिटी अस्पतालमा रेफर गरिएको छ। तिनीहरू अहिले त्यहाँ उपचाराधीन छन्। चियाबारीको अस्पतालमा पनि अझ केही घाइतेहरू भर्ना छन्।
यस घटनामा तीनजनाको मृत्यु भएको प्रशासन र स्वास्थ्य विभागको अनुमान छ। त्यति मात्र होइन दुर्घटनाको खबर फैलिएपछि सोल्कापाड़ा ग्रामीण अस्पतालमा धेरै मानिसहरूको भीड लाग्यो। त्यहाँ मालबजारका एसडीपीओ रोशन प्रदीप देशमुख, बीडीओ पङ्कज कोणार, नगराकट्टा पुलिस चौकीका आईसी कौशिक कर्मकार लगायत अन्य अधिकारीहरू आइपुगे। ब्लक स्वास्थ्य अधिकारी डा. मोल्ला इरफान हुसैनले भने, धेरैजनाको टाउकोमा चोट लागेको छ। त्यसैले ढिलो नगरी प्राथमिक उपचारपछि रेफर गरिएको हो। यस घटनाले पूरै क्षेत्रमा गहिरो शोकको लहर छाएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.