Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

रवीन्द्रनाथविरुद्ध अविश्वासको ब्रह्मास्त्र

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

कोचबिहार नगरपालिकाका चेयरम्यान पदबाट रवीन्द्रनाथ घोष हट्ने अब केवल समयको पर्खाइ मात्र हो त? मङ्गलवारको नाटकीय राजनीतिक परिवर्तनपछि यस्तै परिस्थिति बनेको छ। तिनले अब पद गुमाउने निर्णायक मोड़मा उभिएको चर्चा पनि भइरहेको छ। उक्त दिन जिल्ला अध्यक्ष अभिजीत दे भौमिक (हिप्पी) ले डाकेको बैठकमा रवीन्द्रनाथलाई चेयरम्यानको पदबाट हटाउन 15 जना काउन्सिलरको हस्ताक्षर लिइयो। पार्टी सूत्रअनुसार हस्ताक्षर गरिएको उक्त कागज सदर महकुमा अधिकारीसित चेयरम्यानविरुद्ध अविश्वास प्रस्तावका रूपमा जम्मा गरिनेछ। त्यससितै राज्य नेतृत्वलाई पनि यसको एक प्रतिलिपि पठाइनेछ। यद्यपि उक्त बैठकबारे काउन्सिलरदेखि लिएर तृणमूल कङ्रे यसका जिल्ला नेतासम्म सबैले मौनव्रत धारण गरेका छन्।
जिल्ला अध्यक्षको राजीनामाको निर्देश आए पनि ममता ब्यानर्जीलाई ढाल बनाउँदै रवीन्द्रनाथ घोषले चेयरम्यानको पदमा बसिरहेका थिए। तर उक्त दिन पार्टीका 18 मध्ये 15 जना काउन्सिलरले रवीन्द्रनाथविरुद्ध अविश्वासमा हस्ताक्षर गरेपछि अब तृणमूलका वरिष्ठ नेता रवीन्द्रनाथले के कदम चाल्नेछन् भन्ने विषयमा चासो बढ़ेको छ। सोमवार आफ्ना कार्यकर्ताहरूलाई साथमा लिएर रवीन्द्रनाथले एउटा बैठक गरे। ममता ब्यानर्जीले निर्देश दिए मात्र आफू पदत्याग गर्ने त्यहाँ निर्णय भएको सूत्रले बताएको छ
बैठकमा मन्त्री उदयन गुहा, पार्टीका जिल्ला चेयरम्यान गिरीन्द्रनाथ बर्मनसहित 15 जना काउन्सिलर उपस्थित थिए। तीमध्ये एउटा ठूलो हिस्सा केही दिन अघिसम्म रवीन्द्रनाथका समर्थकका रूपमा परिचित थिए। सूत्रअनुसार बैठकमा काउन्सिलरहरूबाट तीनवटा अलग–अलग कागजमा हस्ताक्षर गराइयो। एउटा केवल आजको उपस्थितिका लागि थियो त अर्को कागज सदर महकुमा अधिकारीलाई अविश्वास पठाउने सम्बन्धमा अनि तेस्रो कागज राज्य नेतृत्वलाई पठाइनेछ। यसको उद्देश्य पार्टीका अधिकांश काउन्सिलरहरू वर्तमान चेयरम्यानको समर्थनमा छैनन् भनेर शीर्ष नेतृत्वलाई देखाउनु हो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.