Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मेयरको परिचय नै गौतम देवलाई बाधा!

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

तिनी सिलगढ़ी केन्द्रका तृणमूलका उम्मेद्वार हुन्। तर चुनाउ मैदानमा तिनका सबैभन्दा ठूलो शत्रु सायद मेयरको परिचय नै बनेको छ। बिहीवार शहरको 21 नम्बर वार्डमा चुनाउ प्रचारका लागि निस्किएका सिलगढ़ीका तृणमूल उम्मेद्वार गौतम देवलाई सड़कमा सर्वसाधारणसित भेट्नेबित्तिकै सिलगढ़ीको नगरपालिका सम्बन्धी समस्याहरूले पछ्याउन थाल्यो। सो वार्डको दासपाड़ामा तृणमूल उम्मेद्वारलाई देख्दै 60 वर्ष नाघेकी कल्याणी घोषले भनिन्, तपाईँ त सिलगढ़ीका मेयर हुनुहुन्छ। म किन वृद्धभत्ता पाउँदिनँ?’ असहज बनेका मेयरले आश्वासन दिँदै भने, तपाईँले पनि पाउनुहुन्छ।
त्यसपछि आफ्ना सहयोगीहरूलाई निर्देशन दिँदै तिनले भने, उहाँको नाम र फोन नम्बर टिप। फेरि तीन वर्षदेखि निरन्तर आवेदन गर्दा पनि आफूले लक्ष्मी भण्डार सुविधा पाएकी छैनन् भनेर अर्की एक वासिन्दा ब्यूटी रायले गुनासो गरिन्। तिनको नाम र फोन नम्बर पनि टिपियो। त्यसै बस्तीमा छिमेकीले कुनै नियम–कानूनको पर्वाह नगरी घर निर्माण गरिरहेका देवाशीष पालले गुनासो गरे। तिनले नगरपालिकामा उजुरी दिए पनि कुनै परिणाम पाएनन्। नगरकर्मीहरूको भूमिकाप्रति आक्रोशित देवाशीषले सकेसम्म त्यहाँ गरिएको अवैध निर्माण मेयरलाई देखाए।
यसै दिन वाम उम्मेद्वार शरदिन्दु चक्रवर्तीले शहरको कलेजपाड़ा क्षेत्रमा प्रचार गरे। भाजपा उम्मेद्वार तथा निवर्तमान विधायक शङ्कर घोष पछिल्ला तीन दिनदेखि शहरको 1 नम्बर वार्डमा धर्नामा बसेका छन्। आत्महत्यामा एक नाबालिकालाई उक्साइएको आरोपमा एक युवकको पक्राउको माग गर्दै तिनले धर्ना जारी राखेका छन्। दार्जीलिङका सांसद राजु विष्ट पनि प्रचारमा सक्रिय छन्। तिनले तृणमूल उम्मेद्वारको प्रशंसा गर्दै भने, गौतम दा राम्रो मान्छे हुनुहुन्छ। चालीस वर्षभन्दा बढ़ी समयदेखि तिनी राजनीतिमा छन्। अझै पनि तिनलाई प्रचारमा निस्कनु परिरहेको छ, किन थाहा छैन। सञ्चार माध्यमबाट यस्तो सुनेपछि सिलगढ़ीका मेयर मुस्कुराए। तिनले भने, प्रचारमा राम्रो प्रतिक्रिया पाइरहेका छौँ। प्रधानमन्त्री सिलगढ़ीमा प्रचारका लागि आउँछन् भन्ने सुनेँ। यदि सिलगढ़ीमा प्रधानमन्त्री प्रचारका लागि आउनुपर्छ भने त्यो मेरो लागि पनि गर्वको विषय हो। म धन्यवाद दिन्छु।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.