Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सिलगढ़ीमा सबैभन्दा ठूलो महाकाल मन्दिर बनाइने

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

हालै दिघामा जगन्नाथ धामको उद्घाटन गरिएको थियो। अब सिलगढ़ीमा सबैभन्दा ठूलो महाकाल मन्दिर बनाउने तयारी भइरहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले यस्तो घोषणा गरेकी छन्। बिहीवार मुख्यमन्त्रीले दार्जीलिङमा उभिएर यस्तो घोषणा गरेकी हुन्। साथै सिलगढ़ीमा कन्भेन्सन सेण्टर बनाउनका लागि पनि जिल्ला अधिकारीलाई उपयुक्त ठाउँ छनौट गर्न निर्देशन दिएकी छन्। बिहीवार मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङको महाकाल मन्दिरमा पूजा गरिन्। त्यसपछि तिनले मन्दिरका पुजारीसित कुराकानी गरिन् र दर्शनका लागि आएका भक्तजनहरूसित पनि भेटघाट गरिन्।

मिडियासित कुराकानी गर्दै ममताले भनिन्, सिलगढ़ीका जिल्ला अधिकारीलाई मैले ठाउँ हेर्न भनेकी छु। त्यहाँ कन्भेन्सन सेण्टर बन्नेछ। त्यसकै छेउमा महाकाल मन्दिर निर्माण हुनेछ। त्यहाँ सबैभन्दा ठूलो शिवमूर्ति राखिनेछ। तिनले थपिन्, शायद यो योजना कार्यान्वयन हुन केही समय लाग्ला। ट्रष्ट बोर्ड गठन गर्नुपर्छ। सरकारले निःशुल्क जग्गा उपलब्ध गराउनेछ।उत्तर बङ्गालमा फेरि पर्यटक आउन थालेको हुँदा ममता ब्यानर्जी खुशी देखिएकी छन्। लगातार वर्षाका कारण उत्तर बङ्गाल धेरै प्रभावित भएको थियो। तर त्यसपछि प्रशासनले व्यापक उद्धार कार्य सञ्चालन गरेको थियो।

धेरैजना पर्यटकलाई पहाड़का प्रभावित क्षेत्रबाट उद्धार गरी समतल क्षेत्रमा ल्याइएको थियो। अहिले पहाड़को स्थिति सामान्य बन्दै गइरहेको छ र उत्तर बङअगाल बिस्तारै आफ्नै लयमा फर्किँदैछ। पर्यटकहरूको आगमन पुनः आरम्भ भएको छ। आज दार्जीलिङको महाकाल मन्दिरमा पूजा गरेपछि मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, म चाहन्छु फेरि पर्यटकहरू यहाँ आउन्।यसअघि दिघामा जगन्नाथ मन्दिर निर्माणको पहल पनि ममता ब्यानर्जीले गरेकी थिइन्। त्यसबाहेक दुर्गा अङ्गन निर्माणको योजनामा पनि तिनी सक्रिय छिन्। स्थानीय पर्यटन व्यवसायीहरूको भनाइमा महाकाल मन्दिर बनेपछि उत्तर बङ्गालको पर्यटन नक्सामा यसको मूल्य र आकर्षण अझ बढ्नेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.