Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

फेरि एसआईआरको आतङ्कमा आत्महत्या

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

राज्यमा एसआईआरको आतङ्कलाई केन्द्र गरेर फेरि एक असामान्य मृत्युको घटना प्रकाशमा आएको छ। शुक्रवार बिहान यो घटना सिलगढ़ीनजिक राजगञ्ज ब्लकको आमबारी क्षेत्रमा भएको हो। पुलिसले दिएको जानकारीअनुसार मृत व्यक्तिको नाम भुवन चन्द्र राय (60) हो। हिजो रातिदेखि नै तिनी बेपत्ता थिए। अन्ततः शुक्रवार बिहान घरनजिक खेतको एउटा रूखमा भुवनको शव झुण्डिएको अवस्थामा फेला परेको छ। भुवन रायकी पत्नी सोमा रायले बताएअनुसार तीन दिनअघि बीएलओले तिनीहरूलाई एन्युमरेशन फारम दिएका थिए। घरका अन्य सबै सदस्यको नाममा फारम आए पनि भुवन रायकी छोरीको नाममा फारम आएन। त्यसकारण तिनी अत्यधिक चिन्तित थिए।
परिवारका सदस्यहरूले तिनलाई धेरै प्रकारले बुझाउने प्रयास गरे। तर पनि भुवन चिन्तित नै थिए। हिजो रातिदेखि नै तिनको कुनै अत्तोपत्तो थिएन। रातभरि खोज्दा पनि भुवन फेला नपरेपछि आज बिहान स्थानीय मानिसहरूलाई साथमा लिएर खोज्दा घरनजिक खेतको रूखमा तिनको शव झुण्डिएको अवस्थामा फेला पऱ्यो। परिवारको दाबीअनुसार तिनीहरूको छोरीले यसअघि चुनाउहरूमा भोट दिएकी थिइन्। त्यसपछि पनि एन्युमरेशन फारम नआएको घटनाले भुवन राय अत्यन्तै तनाउमा थिए। यही तनाउका कारण तिनले आत्महत्या गरेको परिवारको भनाइ छ।
खबर पाएपछि घटना स्थलमा पुलिस पुग्यो। शव उठाएर पोष्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठाइएको छ। असामान्य मृत्युको मामिला दर्ता गरी पुलिसले जाँच आरम्भ गरेको छ। खबर पाएपछि राजगञ्जका विधायक खगेश्वर राय भुवन रायको घर पुगेका छन्। राजगञ्जका भाजपा नेता निताई मण्डलले भने, आयोगको निर्देशनअनुसार कसैको पूर्वजको नाम सूचीमा भए पनि उक्त व्यक्तिको नाम मतदाता सूचीमा रहन्छ। उक्त युवतीको विवाह अर्को ठाउँमा भएको कारण नाम काटिएको हुन सक्ने तिनले बताए। तृणमूलले एसआईआरबारे झुटो प्रचार फैलाइरहेको अनि आतङ्क सिर्जना गरेको तिनले आरोप लगाए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.