Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

हिन्दी माध्यमको विद्यालयमा बङ्गलामा पढ़ाई

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

कागजमा हिन्दी माध्यमको विद्यालय। बाहिरबाट हेर्दा पनि हिन्दी माध्यमबाहेक अर्को लाग्दैन। तर कक्षामा पठन-पाठन भने बङ्गाली भाषामा भइरहेको छ। विद्यार्थीहरूले हिन्दी माध्यम विद्यालयमा भर्ना भएर पनि बङ्गला भाषाको सहजपाठ पढ़िरहेका छन्। यस्तो अनौठो दृश्य मेखलीगञ्ज फर्ष्ट फेज एडेड प्राइमरी स्कूलमा देखिएको हो। यो विद्यालय मेखलीगञ्ज नगरपालिकाको वार्ड नम्बर 8 मा अवस्थित छ। विद्यालय झण्डै 60 वर्ष पुरानो हो। आरम्भदेखि नै यहाँ हिन्दी माध्यममा पठन-पाठन हुँदै आइरहेको थियो। तर विगत चार-पाँच वर्षदेखि त्यो व्यवस्था बन्द भएको छ। किन? लगभग पाँच वर्षअघि यहाँ दुईजना शिक्षक पढ़ाउन आए। ती शिक्षकहरूले नै हिन्दीको साटो बङ्गाली भाषामा पढ़ाउन थाले। विद्यालयका टिचर इञ्चार्ज तरुणकुमार दासले भने, त्यही बेलादेखि नै विद्यालयमा हिन्दी माध्यममा पढ़ाई हुन बन्द भयो। पढ़ाई नभएपछि हिन्दी भाषाका पुस्तक पनि आउन छाड़े। शिक्षा विभागबाट विद्यालयमा बङ्गाली माध्यमका पुस्तकहरू मात्र पठाइन्छ।
केही वर्षअघि मात्र यस विद्यालयमा विद्यार्थी सङ्ख्या निकै राम्रो थियो। झण्डै 10 वर्षअघि 100 भन्दा अधिक बालक-बालिकाहरूले विद्यालय परिसर गुञ्जायमान बनाउँथे। तर बङ्गाली भाषामा पढ़ाई आरम्भ भएपछि विद्यार्थी सङ्ख्या घट्न थाल्यो। हाल यहाँ जम्मा 53 जना विद्यार्थीहरू छन्। विद्यालयमा प्री-नर्सरीदेखि पाँचौँ कक्षासम्म पढ़ाई हुन्छ। पाँचौँ कक्षाका लागि दुईजना शिक्षक तोकिएको भए पनि सबै काम एकलै सम्हाल्नु परिरहेको छ। तरुणलाई 53 जना विद्यार्थीहरूलाई पढ़ाउनु अत्यन्तै कठिन भइरहेको छ। सबै कक्षामा पढ़ाउनु साथै विद्यालयका सम्पूर्ण काम सम्हाल्नु तिनलाई अत्यन्त गाह्रो भइरहेको छ। शिक्षा विभागको पोर्टलअनुसार यस विद्यालयका लागि रौनक आनन्द झा नामक अर्का शिक्षक पनि तोकिएको छ। तर हाल आनन्द झाले कोचबिहारको अर्को विद्यालयमा पढ़ाइरहेका छन्। विद्यार्थी सङ्ख्या ह्रासको अर्को कारण के भने पाँचौँ कक्षापछि हिन्दी माध्यममा पढ्न मिल्ने माध्यमिक वा उच्च माध्यमिक विद्यालय यहाँ कतै छैन।
एक त बङ्गाली भाषामा पढ़ाई त्यसमा पनि पाँचौँ कक्षापछि पढ़ाईको विकल्पको अभावको कारण यहाँका धेरै हिन्दी भाषी विद्यार्थी बाहिरका हिन्दी माध्यम विद्यालयतिर गइरहेका छन्। उता बङ्गाली भाषामा पढ़ाई भइरहेको भए पनि बङ्गाली भाषी विद्यार्थीहरू यहाँ भर्ना हुन आउँदैनन्। यसले विद्यालयलाई दुवै तरिकाले सङ्कटमा पारेको छ। हाल विद्यालयमा शिक्षक तरुण स्वयं हिन्दी माध्यमका हुन्। तर तिनलाई बङ्गालीमा पनि पढ़ाउन आउँछ। त्यसैले तिनी बङ्गाली माध्यममै पढ़ाइरहेका छन्। मेखलीगञ्ज साउथ सर्कलका विद्यालय निरीक्षक वरुण विश्वासले भने, शिक्षा विभागबाट यस विद्यालयका लागि हिन्दी पुस्तकहरू पठाइएको छैन। जे जति किताब आइरहेका छन् ती सबै बङ्गाली भाषामा छन्। त्यसैले बाध्य भएर हिन्दी भाषाको पढ़ाई रोक्नु परेको हो। तिनीअनुसार यो विषय जिल्ला प्राथमिक विद्यालय परिषदको ध्यानमा पनि राखिएको छ। तर अहिलेसम्म कुनै समाधान आएको छैन। विद्यार्थीहरूलाई बङ्गाली माध्यममा पढ्न खासै अप्ठ्यारो त छैन। तर अभिभावकहरूले भने यदि विद्यालयमा हिन्दीमा पढ़ाई हुँदैन भने विद्यालयलाई आधिकारिक रूपमा बङ्गाली माध्यम घोषणा गर्नुपर्ने माग गरिरहेका छन्। साथै शिक्षक सङ्ख्या बढ़ाएर पढ़ाईको स्तर सुधार गर्नुपर्ने पनि अभिभावकहरूको माग छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.