Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

चिकेन्स नेकबारे स्थानीय वासिन्दालाई नआत्तिन एसएसबी अधिकारीको आश्वासन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

उत्तर बङ्गालमा भारत–बङ्गलादेश सीमामा रहेको चिकेन्स नेकबारे स्थानीय वासिन्दाहरूले चिन्ता लिनु नपर्ने सशस्त्र सीमा बल (एसएसबी) का अधिकारी सञ्जय सिङ्घलले आश्वासन दिएका छन्। सिमाना पूर्ण रूपले सुरक्षित रहेको तिनले बताएका छन्।
सूत्रअनुसार आगामी 19 देखि 23 जनवरीसम्म सिलगढ़ीस्थित एसएसबीको मुख्यालयमा अल इण्डिया पुलिस ह्याण्डबल क्लष्टर आयोजना हुन गइरहेको छ। यस प्रतियोगिताको तयारीका रूपमा एक कार्यक्रम आयोजना गरिएको थियो। यस प्रतियोगितामा देशका विभिन्न भागबाट लगभग डेढ़ हजार सदस्यहरू सहभागी हुनेछन्। बिहीवार यस प्रतियोगिताको मस्कट सार्वजनिक गरियो।
उक्त कार्यक्रममा सहभागी हुँदै सशस्त्र सीमा बलका अधिकारी सञ्जय सिङ्घलले यस प्रतियोगिताले देशका विभिन्न भागका सुरक्षा बलहरूबीच आपसी सौहार्द र समन्वयलाई अझ दह्रो बनाउने बताए। यसका साथै हाल भारत–बङ्गलादेशबीचको आपसी सम्बन्धका विषयमा बोल्दै तिनले भारत–नेपाल र भारत–भूटान सिमाना पनि पूर्ण रूपले सुरक्षित रहेको जानकारी दिए। सीमामा निगरानी सुदृढ़ गर्न सीमा सुरक्षाकर्मीहरूको तर्फबाट उपयुक्त र पर्याप्त व्यवस्था गरिएको तिनले बताए। त्यसैले स्थानीय वासिन्दाहरूले अनावश्यक रूपमा चिन्ता लिनुपर्ने कुनै कारण नरहेको तिनको भनाइ छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.