Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एसएसबी महानिर्देशकद्वारा पशुपति फाटक सीमा चौकीको निरीक्षण

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सशस्त्र सीमा बल (एसएसबी)की महानिर्देशक रेखा लोहानी (आईपीएस) ले आठौँ वाहिनीअन्तर्गत सीमा चौकी पशुपति फाटकको भ्रमण गरेकी छन्। तिनलाई पशुपति फाटक आइपुग्दा वाहिनीका कमाण्डेण्ट मितुल कुमारले भव्य स्वागत गरे। भ्रमणका क्रममा कम्पनी कमाण्डर तथा सहायक कमाण्डेण्ट सिकन्दर कुमारले वाहिनीको कार्यक्षेत्र र सीमा सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी गराए। महानिर्देशकले सीमा चौकीबाट सञ्चालित सुरक्षा गतिविधिहरूको गहन निरीक्षण गरिन्।
क्षेत्रमा हालै प्राप्त गरिएका विभिन्न परिचालन सफलताहरूबारे जानकारी लिँदै महानिर्देशक लोहानीले टोलीको कार्यकुशलताको प्रशंसा गरिन्। तिनले पशुपति फाटकमा तैनाथ महिला तथा पुरुष सुरक्षाकर्मीहरूको ड्युटी अवस्थाको पनि निरीक्षण गरिन्। कठिन परिस्थितिमा पनि जवानहरूले देखाएका कर्तव्यनिष्ठा र समर्पणको सम्मान गर्दै तिनले आगामी दिन पनि यसरी नै हौसलासहित कार्य गर्न प्रोत्साहित गरिन्।
भारत-नेपाल अन्तर्राष्ट्रिय सीमामा रहेका सुरक्षा चुनौतीहरूका सन्दर्भमा तिनले एसएसबी, नेपालका वरिष्ठ सुरक्षा अधिकारीहरू अनि अन्य सुरक्षा निकायका प्रतिनिधिहरूसित विस्तृत छलफल तथा विचार-विमर्श गरिन्। जवान ब्यारेक, महिला ब्यारेक र सीमा चौकी परिसरको निरीक्षण गरी महानिदेशकले त्यहाँ उपलब्ध सुविधाहरूबारे जानकारी लिइन् अनि सैनिक सम्मेलनमार्फत जवानहरूको कल्याणका लागि आवश्यक निर्देशनहरू दिइन्। यस अवसरमा महानिरीक्षक, सीमान्त मुख्यालय सिलगढ़ी वन्दन सक्सेना, कमाण्डेण्ट मितुल कुमार लगायत सिलगढ़ी मुख्यालय र आठौँ वाहिनीका अन्य अधिकारी तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको एसएसबीले जानकारी गराएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.