Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पैह्रो रोक्न रेलको स्पेशल ड्राइभ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

क्यालेण्डरअनुसार मनसून आउन अझै केही महीना बाँकी छ। यद्यपि दार्जीलिङ हिमालयन रेलवे प्राधिकरणले अहिले नै टोय ट्रेनको मार्गमा पैह्रोको सामना गर्न तयारी आरम्भ गरेको छ। यसका लागि रेलतर्फबाट पहिले नै प्री–मनसून स्पेशल ड्राइभ आरम्भ गरिएको छ। पैह्रो प्रवण क्षेत्रसितै सुकनादेखि दार्जीलिङसम्म लामो पहाड़ी रेल मार्गमा निगरानी गर्न 60 जना कर्मचारी खटाइएको छ। सेक्शनअनुसार दुईदेखि तीनजना कर्मचारी स्पेशल ड्राइभमा संलग्न छन्। रेल सूत्रअनुसार विगत वर्षहरूमा भएका धेरै पैह्रो घटनालाई ध्यानमा राखेर यो कदम चालिएको हो। तर पैह्रो नियन्त्रणमा यो ड्राइभ कति प्रभावकारी हुनेछ भन्ने विषय अहिले नै निश्चित रूपमा भन्न सकिँदैन। यद्यपि स्पेशल ड्राइभका क्रममा कर्मचारीबाट प्राप्त रिपोर्टको आधारमा साना–साना पैह्रो नियन्त्रणमा अग्रणी भूमिका खेल्न सक्ने दार्जीलिङ हिमालयन रेलवे प्राधिकरणको दाबी छ।
प्रत्येक वर्ष पैह्रोका कारण दार्जीलिङ हिमालयन रेलवे प्राधिकरणलाई प्रश्नको सामना गर्नुपर्छ किनभने एनजेपीबाट सुकना, रङटङ, तीनधारे हुँदै दार्जीलिङ जाने मार्गमा मनसूनको समयमा बारम्बार पैह्रो जाँदा रेल सेवा अवरुद्ध हुन्छ। यस्तो अवस्थामा युनेस्कोबाट प्राप्त हेरिटेज दर्जा जोगाइराख्नु पनि प्राधिकरणका लागि चुनौती बनेको छ। यस समस्याको स्थायी समाधान निकाल्न नसके पनि पैह्रो नियन्त्रणका लागि प्री–मनसून स्पेशल ड्राइभमा विशेष जोड़ दिइएको छ। रेल सूत्रअनुसार यस महीनाको तेस्रो सातादेखि स्पेशल ड्राइभ आरम्भ गरिएको हो।
रेलतर्फबाट जानकारीअनुसार लगभग 87 किलोमिटर रेलमार्गमा निगरानी गर्ने जिम्मा मोठ 60 जना कर्मचारीको काँधमा रहेको छ। सेक्शनअनुसार जिम्मावारी पाएका ती रेलकर्मीहरूले प्रत्येक दिन नियमित रूपमा ट्र्याकमाथि हिँड़ेर निरीक्षण गर्नेछन्। निरीक्षणका क्रममा ट्र्याकमा कुनै समस्या देखिएमा तिनीहरूले त्यसलाई चिन्हित गर्नेछन्। साथै पहाड़ी क्षेत्रमा रेलमार्गको कतै पैह्रो खस्ने सम्भावना छ कि छैन भन्ने सुनिश्चित गर्नु पनि तिनीहरूको प्रमुख काम हो। कुनै स्थानमा सानो चिरा वा पैह्रोको सङ्केत देखिए तुरुन्तै प्राधिकरणलाई जानकारी दिन निर्देशन दिइएको छ। त्यसपछि शीघ्र उक्त रिपोर्ट इञ्जिनियरिङ विभागमा पठाइनेछ। पछि इञ्जिनियरिङ विभागले सम्बन्धित क्षेत्रमा आवश्यक कदम चाल्नेछ। आवश्यक परे ट्र्याक मरम्मती तथा रेलमार्गनजिक निकास प्रणालीको सुधार पनि गरिनेछ। मनसूनको अन्त्यसम्म यो स्पेशल ड्राइभ जारी रहने जानकारी दिइएको छ। दार्जीलिङ हिमालयन रेलवेका निर्देशक ऋषभ चौधुरीले भने, पैह्रो नियन्त्रणका लागि प्री–मनसून स्पेशल ड्राइभ आरम्भ भइसकेको छ। साना पैह्रोको अवस्थामा सकेसम्म अग्रिम कदम चालिनेछ। ठूला पैह्रोको अवस्थामा पनि छिटो सामान्य अवस्था फर्काउन टोली तयार राखिएको छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.