Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सिलगढ़ीदेखि दिघासम्म स्लीपर भोल्भो बस सेवा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

यात्री सेवामा निजी कम्पनीहरूले उत्तर बङ्गाल राज्य परिवहन निगमलाई कठोर प्रतिस्पर्धामा पारेका थिए। भाड़ा कम्ती भए पनि सरकारी यो संस्था क्रमशः पछाड़ि परिरहेको थियो। त्यसैले एनबीएसटीसीले सेवामा नयाँ–नयाँ पहलहरू गर्न थाल्यो। दिघासम्म स्लीपर भोल्भो चलाउन राज्य सरकारसित अनुमति मागेको थियो। एनबीसीएसटीसीको आग्रहमा सकारात्मक प्रतिक्रिया दिँदै राज्य परिवहन विभागले अन्ततः छवटा स्लीपर भोल्भो किन्ने अनुमति दिएको छ। यसैसित पहिलोपल्ट सरकारी स्लीपर भोल्भो बस सेवा आरम्भ हुन लागेको छ।
यी छवटा बस किन्नका लागि लगभग 11 करोड़ रुपियाँ आवण्टन गरिएको छ। सबै कुरा ठीक रहे नयाँ वर्षको आरम्भतिरै यी भोल्भो बसहरू सञ्चालनमा आउनेछन्। उत्तर बङ्गालबाट कलकत्ता हुँदै दिघाको मार्गमा यी भोल्भो बसहरूले आवागमन गर्ने योजना छ। निगमका सूत्रअनुसार प्रति बसको 1.8 करोड़ रुपियाँ खर्च आउनेछ। आउँदो हप्ता भोल्भो कम्पनीलाई वर्क–अर्डर जारी गर्ने तयारी छ। तर बसको भाड़ा कति हुन्छ भनेर अझै निश्चित गरिएको छैन।
किन भने राज्यमा सरकारी रूपमा स्लीपर भोल्भो बस सेवा हालसम्म आरम्भ गरिएको छैन। त्यसका लागि निगमले भाड़ाको खाका तयार गरेको छ। उक्त सूची राज्य परिवहन विभागलाई पठाइनेछ। त्यहाँबाट स्वीकृति आएपछि मात्र अन्तिम भाड़ा निश्चित हुनेछ। यो वर्षको मई महिनामा एनबीएसटीसीले दिघाबाहेक अन्य थुप्रै रूटमा पनि भोल्भो सेवा आरम्भ गरेको थियो। ती रूटहरूलाई ध्यानमा राख्दै कोचबिहार, अलिपुरद्वार, जलपाइगढ़ी अनि सिलगढ़ीबाट कलकत्ता हुँदै दिघासम्म स्लीपर भोल्भो चलाउने योजना छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.