Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सिलगढ़ी नगर निगरमद्वारा 106 संस्थालाई नोटिश

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

नगर निगम ऐनलाई अदेखा गर्दै राति सड़कमा फोहोर फाल्ने क्रम बढ़ेको छ। यसबारे नालिश प्राप्त भएपछि सिलगढ़ी नगर निगमको फोहोर व्यवस्थापन विभागले शहरका 106 संस्थालाई नोटिश जारी गरेको छ। सोलिड वेस्ट म्यानेजमेण्ट परियोजनाअन्तर्गत नगरकर्मीहरूले घर–घरबाट मात्र नभई सरकारी तथा निजी संस्थाहरूबाट पनि फोहोर सङ्कलन गर्छन्। यसका साथै नर्सिङहोम र सरकारी अस्पतालहरूबाट छुट्टै रूपमा मेडिकल फोहोर पनि सङ्कलन गरिन्छ। सङ्कलित फोहोर नगरपालिकाको डम्पिङ ग्राउण्डमा लगेर प्रशोधन गरिन्छ।
तर केही व्यावसायिक संस्थाहरू नगरपालिकाको शहर सफा राख्ने पहलमा बाधा पुर्यापइरहेका छन् भन्ने गुनासो छ। राति पसल बन्द गर्नअघि तिनीहरूले सड़कमा फोहोर थुपारेर घर फर्किने गरेका छन्। यसको प्रभाव बिहान हिँड़डुल गर्ने सर्वसाधारणले भोग्नु परेको छ। यस विषयमा लगातार नालिश आएपछि नगर निगमले दोषी संस्थाहरूलाई नोटिश जारी गरेको हो। यद्यपि सिलगढ़ी नगर निगमका विपक्षी दलका नेता अमित जैन यसलाई अत्यन्तै सानो कदम मात्र ठान्छन्। तिनीअनुसार यस मामिलामा नियम उल्लङ्घन गर्नेहरूविरुद्ध दण्डको व्यवस्था हुनुपर्छ।

जैनले भने, शहरभरि नै यस्तो प्रवृत्ति देखिन थालेको छ। बिहान नगरकर्मीहरूले फोहोर सफा गरेपछि पनि केही मानिसहरू फेरि त्यहीँ फोहोर फालेर हिँड़िरहेका छन्।यस समस्याबारे नगर निगमको फोहोर व्यवस्थापन विभागका मेयर परिषद सदस्य मानिक दे पनि सहमत छन्। तिनले भने, बाइ–ल सम्बन्धमा हामी पनि विचार गरिरहेका छौँ किनकि सड़कमा फोहोर फाल्ने यो प्रवृत्ति शहरका केही होटल र व्यावसायिक संस्थाहरूमा मात्र देखिएको छ। 106 जनालाई नोटिश पठाइएको छ। आवश्यक परे थप कडा कदम चालिनेछ। उता यही 29 दिसम्बर सम्पन्न नगर निगमको मासिक बोर्ड बैठकमा मुसाको उपद्रवबारे पनि उजुरी उठाइएको थियो। नम्बर वार्डका काउन्सिलर शरदिन्डु चक्रवर्तीले भने, निकासी नालाहरूमा मुसाको उपद्रव बढ्दै गइरहेको छ। नालाहरू भत्किँदै गइरहेका छन्। विशेषज्ञ नियुक्त गरेर मुसाको समस्या नियन्त्रणका लागि व्यवस्था गरिनुपर्छ। यसमा प्रतिक्रिया दिँदै फोहोर व्यवस्थापन विभागका मेयर परिषद सदस्यले भने, नालामा खाना भेटिएपछि मुसा आउँछ नै। यस अवस्थामा जनचेतना बढ़ाउनु बाहेक अर्को उपाय छैन।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.