Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सिलगढ़ीका विधायक शङ्कर घोष अनशनमा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

जति–जति चुनाउ नजिकिँदै गइरहेको छ त्यति नै राजनीतिक तापक्रम पनि बढ्दै गइरहेको छ। यसै क्रममा विधायक क्षेत्र विकास कोषको रकम प्रयोग गर्न अवरोध गरिएको आरोप लगाउँदै सिलगढ़ीका विधायक तथा विधानसभामा भाजपाका प्रमुख सचेतक शङ्कर घोषले राज्य सरकार र जिल्ला प्रशासनको विरोधमा अनशन आरम्भ गरेका छन्। बिहीवार सिलगढ़ीको हातीमोड़ क्षेत्रमा पार्टी नेतृत्वका केही सदस्यहरूसहित तिनी अनशनमा बसेका हुन्। आज अनशन मञ्चमा भाजपाको सिलगढ़ी साङ्गठनिक जिल्लाका सह–अध्यक्ष राजु साहा, सिलगढ़ी नगर निगमका प्रतिपक्ष नेता अमित जैन, तीनजना भाजपाका काउन्सिलरसहित अन्य नेताहरू पनि उपस्थित थिए।
शङ्कर घोषको आरोपअनुसार तिनको विधायक क्षेत्र विकास कोषबाट शहरका विभिन्न परियोजनाका लागि विनियोजित रकम विभिन्न बहाना लगाएर रोकिएको छ। यस विषयमा तिनले पटक–पटक मुख्यमन्त्री ममता ब्यानर्जी, विधानसभाका अध्यक्ष विमान ब्यानर्जी, सम्बन्धित विभागका मन्त्रीदेखि लिएर जिल्ला प्रशासन, राज्य सरकार, सिलगढ़ी–जलपाइगढ़ी डेभलपमेण्ट अथोरिटी तथा सिलगढ़ी नगर निगमका मेयरलाई जानकारी गराए पनि कुनै परिणाम नआएको तिनको दाबी छ। यसबाट राज्य सरकार र सत्तारूढ़ दलले तिनको छवि बिगार्ने फोहोर षड़यन्त्र गरिरहेको तिनले आरोप लगाए।
सिलगढ़ीका विधायक शङ्कर घोषले भने, विधायकका रूपमा मेरो कार्यकालमा नियुक्त भएका दुईजना जिल्लाधिकारीले निरन्तर असहयोग गर्दै आइरहेका छन्। विधायक क्षेत्र विकास कोषको रकम खर्च गर्न दिइँदैन। विकासको रकम सही परियोजनामा जनताको हितका लागि खर्च होस् भनेर मैले सिलगढ़ी–जलपाइगढ़ी डेभलपमेण्ट अथोरिटीलाई पनि नौवटा परियोजनाका लागि रकम विनियोजन गरेको थिएँ। तर तिनीहरूले केवल दुईवटा परियोजनाको काम गरेर बाँकी सातवटा रद्द गरिदिए। शङ्कर घोषले अझ भने, सिलगढ़ी नगर निगमलाई पनि यस्तै गरी विभिन्न कामका लागि आवेदन दिइएको थियो। तिनीहरूले पनि त्यसरी रद्द गरिदिए। यस प्रकारको असहयोगको विरोधमा म 22 जनवरी बिहान 8 बजीदेखि 23 जनवरी बिहान 8 बजीसम्म अनशनमा बसेको हुँ। त्यसपछि पनि यदि यस्तै असहयोग भए भविष्यमा आमरण अनशनमा बस्नेछु।
यस विषयमा प्रत्युत्तर दिँदै सिलगढ़ीका मेयर गौतम देवले भने, अहिले चुनाउ नजिक छ त्यसैले विधायकले यस प्रकारको कुरा गरिरहेका छन्। काम नै नभएपछि केही न केही भनिरहनुपर्छ। विधायक क्षेत्र विकास कोषबाट जुन कामका लागि रकम विनियोजन गरिएको थियो तीमध्ये सम्भव भएका कामहरू गरिएको छ। बाँकी कामहरूको त्यस्तो खास महत्त्व थिएन। यस्ता कुरा गरेर माहोल तताइँदैछ। अहिले तिनले अनशन गरिरहेका छन् अनि त्यसो गर्न सक्छन्। प्राप्त जानकारीअनुसार शङ्कर घोषलाई पाँच वर्षका लागि विनियोजन गरिएको तीन करोड़ रुपियाँमध्ये तिनले केवल 90 लाख रुपियाँ खर्च गर्न सकेका छन्। लगभग 102 वटा परियोजना जिल्ला प्रशासनको तर्फबाट रोकिएको बताइएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.