Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एसएफआईद्वारा सिलगढ़ीमा डीआई कार्यालय घेराउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सरकारी विद्यालयहरूमा अतिरिक्त शुल्क असुली, शिक्षक अभाव तथा पूर्वाधारको दयनीय अवस्थाको आरोप लगाउँदै स्टुडेण्ट फेडेरेशन अफ इण्डिया (एसएफआई)ले विरोध प्रदर्शन गरेको छ। सोमवार सिलगढ़ी शहरमा एसएफआई दार्जीलिङ जिल्ला समितिको पहलमा विरोध जुलुस आयोजना गरियो। जुलुसले शहरका विभिन्न महत्त्वपूर्ण मार्ग परिक्रमा गर्दै अन्ततः डीआई कार्यालयअघि पुगेर समापन भयो।
यससितै प्रदर्शनकारीहरूले विभिन्न मागहरू अघि सारे। तिनीहरूको मागअनुसार सरकारी विद्यालयमा भर्नाका क्रममा कुनै पनि हालतमा अतिरिक्त शुल्क लिनु हुँदैन, विद्यालयहरूमा तत्काल विषयगत शिक्षक नियुक्ति गर्नुपर्छ र सरकारी विद्यालयहरूको पूर्वाधारको समग्र सुधार सुनिश्चित गर्नुपर्छ। लामो समयदेखि शिक्षक अभाव र पूर्वाधारको कमीका कारण अध्ययन–अध्यापनको वातावरण गम्भीर रूपमा प्रभावित भइरहेको छ एसएफआईको आरोप छ। यसको प्रत्यक्ष प्रभवा सामान्य परिवारका विद्यार्थीहरूले भोग्नु परेको तिनीहरूको भनाइ छ।
यस अवसरमा एसएफआई दार्जीलिङ जिल्ला सचिव अङ्कित देले भने, शिक्षालाई व्यापारिक वस्तुमा परिणत गर्ने प्रयासको विरोधमा तथा सरकारी शिक्षा प्रणालीको संरक्षणको मागसहित यो आन्दोलन गरिएको हो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.