Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

धावक रहमत आलाम राज्य स्तरमा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

दृष्टि खेलकुद सङ्घको आयोजनामा सम्पन्न पाँचौँ ओपन एथलेटिक्स मीट -2025 इन एसोसिएशन दार्जीलिङ डिस्ट्रिक एथलेटिक्स एसोसिएशनको संयुक्त आयोजनामा दुई दिवसीय दौड़ प्रतियोगितामा 3 र 4 मईको दिन दार्जीलिङमा सम्पन्न भएको थियो। त्यस प्रतियोगितामा फुवागढ़ी उच्चत्तर माध्यमिक विद्यालयको आठौँ श्रेणीमा अध्ययनरत रहमत आलामले प्रथम स्थान ओगटेर विद्यालय साथै यस क्षेत्रलाई गोरवान्वित पारेका छन्।

यो दौड़ दृष्टि खेलकुद सङ्घको आयोजनामा भएको थियो। यो ढौड़ आलामले 3 मिनटमा पूरा गरेका थिए। तिनी अब राज्य स्तरीय ढौड़का लागि चयन भएका छन्। पढ़ाईसितै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक बन्ने इच्छा रहेको रहमत आलाम बताएका छन्। तिनी आगामी अगस्त महीनामा मुम्बईमा हुने राष्ट्रिय दौड़मा भाग लिन अभ्यास गरिरहेका छन्।

तिनले सानै उमेरदेखि दौड़मा भाग लिँदै आइरहेका छन्। तिनले मिरिक अनि दार्जीलिङमा पनि दौड लगाइसकेका छन् भने कोलकाता पुगेर पनि तिनले दौड़ लगाएका छन्। दार्जीलिङमा आठ सय मिटर दौड़मा प्रथम बनेपछि तिनलाई दौड़प्रति झनै अभिरुचि बढ़ेको छ। आलामले भने, सधैँ बिहान अनि बेलुकी दौड़ लगाउने अभ्यास गरिरहेको छु। सधैँ बिहानदेखि दौड़ेर सौरेनी हुँदै सिङ्गबुली पुग्छु। यो तिनको दैनिक रुटिन नै छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.