Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

रिचालाई सिलगढ़ीमा भव्य स्वागत

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

पहिलो बङ्गाली विश्वकप विजेता क्रिकेटर रिचा घोष सिलगढ़ीस्थित घर फर्किएकी छन्। शुक्रवार बाघडुग्रा हवाईअड्डामा अवतरण गरेको क्षणदेखि नै विश्वकप विजेता भारतीय टोलीकी स्टम्पर–ब्याटर रिचा घोषलाई स्थानीय मानिसहरूले बढ़ो हर्षोल्लासको साथ भव्य स्वागत जनाए। त्यहाँ नगरनिगमका चेयरम्यान गौतम देव, उप–नगर प्रमुख रञ्जन सरकारसहित विभिन्न प्रशासनिक अधिकारीहरू उपस्थित थिए। आज रिचालाई सम्मान गर्न सिलगढ़ी नगर निगमले थुप्रै कार्यक्रमको तयारी गरेको छ। दिउँसो सिलगढ़ीको बाघाजतीन पार्क मैदानस्थित रवीन्द्र मञ्चमा नगर निगमले रिचालाई नागरिक सम्मान प्रदान गर्नेछ। नगर निगम सूत्रअनुसार, अहिलेसम्म लगभग 59 वटा सङ्गठनहरूले उक्त नागरिक सभामा रिचालाई सम्मान जनाउनेछन्।
थाहा लागेअनुसार रिचालाई सम्मान दिने निर्णय क्रिकेट एसोसिएशन अफ बेङ्गाल (सीएबी) ले पनि गरेको छ। शनिवार रिचालाई औपचारिक रूपमा सम्मान गरिने बताइएको छ। उक्त कार्यक्रममा सौरभ गाङ्गुली अनि झुलन गोस्वामी पनि उपस्थित हुनेछन्। सूत्रअनुसार, भारतीय टोलीकी विकेटकिपर–ब्याटर रिचालाई सुनको ब्याट र बल उपहार दिइनेछ जसमा सौरभ र झुलनका हस्ताक्षर पनि रहनेछ।
विश्व कपमा सबैभन्दा अधिक छक्का रिचाकै ब्याटबाट आएका थिए। तिनले मोठ 12 वटा छक्का लगाइन्। सेमिफाइनल र फाइनलमा तीव्र गतिमा रन बनाएर तिनले टोलीलाई दह्रो स्थितिमा पुर्यानइन्। विश्व कपमा विजयपछि रिचासहित सम्पूर्ण भारतीय महिला क्रिकेट टोलीले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्योह। क्रिकेटरहरूले आफ्नो विश्व कप विजयको अनुभव प्रधानमन्त्रीसित साझा गरे अनि नरेन्द्र मोदीलाई भारतीय क्रिकेट टोलीले विशेष जर्सी उपहार दियो। त्यसपछि भारतीय टोलीले राष्ट्रपति द्रौपदी मुर्मूसित पनि भेट गर्योे। राष्ट्रपति भवनमा भारतीय कप्तान हरमनप्रीत कौरले टोलीका सबै खेलाड़ीहरूको हस्ताक्षर भएको जर्सी राष्ट्रपति मुर्मूलाई हस्तान्तरण गरिन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.